२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सरकारले टीकापुर घटनाका ४ जना कैदीहरुलाई कैदमुक्त गरिँदै

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । कैद सजाय भोगिरहेका श्रवण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरिनारायण चौधरीलाई कैदमुक्त गरिने भएको हो ।

उनीहरुलाई आगामी असोजमा संविधान दिवसका दिन कैदमुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको बताइएको छ । कैलालीको टीकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका रेशम चौधरीले आममाफी पाए पनि अन्यले कारागारमै कैद भुक्तान गरिरहेका छन् ।

सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टीले उनीहरूको सजाय माफी दिलाउनका लागि माफीको निवेदन दिन कैदीबन्दीलाई आह्वान गरेको छ । कैदमुक्त भएपछि रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अन्यलाई माफी दिन आग्रह गरेका थिए भने प्रधानमन्त्रीले पनि माफीको आश्वासन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]