२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

समाजको सुरक्षामा खटिएको नेपाल प्रहरी जनताको सामु पुग्न जरुरी कपिलवस्तु एसपी : बस्नेत

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

(सागर थापा)

कपिलवस्तु । तौलिहवा आफ्नो व्यक्तिगत पारिवारिक इच्छा आकाङ्क्षा हरुलाई पर राखी नागरिक देश र कानूनलाई सदैव शिरमा राख्दै अहोरात्र कर्म क्षेत्रमा खट्ने संगठन नै नेपाल प्रहरी हो ।

यसै शिलशिलामा जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतसंग कपिलवस्तु जिल्लाको समग्र शान्ति सुरक्षा लगायत समसामयिक विषयमा गरिएको
कुराकानी ।

जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुमा समाजको सुरक्षमा खटिएको नेपाल प्रहरी जनताको सामु पुग्न जरुरी छ प्रहरी र नागरिक जति नजिक भए उति नै शान्ति सुरक्षा उपलब्ध हुन गराउन सहज हुने प्रष्टिन्छ ।

प्रहरीले आफ्नो काम, कर्तव्य र अधिकारलाई जनताले सजिलो ढंगबाट बुझून् भनेर कैयौं स्थानमा कपिलवस्तु प्रहरीले जनचेतनामूलक विविध कार्यक्रम सम्पन्न गरेका पनि देखिन्छन् ।

यसै प्रसंगमा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा प्रहरी र नागरिक बीचको पटकपटक कार्यक्रमले पनि स्थानीयको मनै छोएको, प्रहरीलाई जनताले हेर्ने दृष्टिकोणमा बद्लाव आएको र प्रहरी पनि नागरिकसँग सहकार्य गर्न अग्रसर भएको जस्ता प्रतिक्रिया निम्त्यायो । यस्ता कार्यक्रममार्फत् प्रहरीले उपलब्ध गराउने सेवा, सुविधा र जनताको अपेक्षाबारे समेत थाहा हुने भएकाले पनि दुवै पक्ष लाभान्वित हुने गरेका छन् ।

जसले नागरिक पनि बिनावर्दीको सिपाही हो भन्ने भनाइलाई वास्तवमै व्यवहारमा मनन गर्न सघाउँछ। प्रहरीको काम, कर्तव्य। अधिकारबारे पनि सर्वसाधारणलाई थाहा हुने भएकाले यसबाट नेपाल प्रहरी संगठनप्रति नै रहेका कतिपय भ्रमसमेत हटाउन मद्दत गर्ने हुन्छ।

त्यसैले पछिल्लो समय प्रहरीलाई दुश्मन ठान्ने तथा जनतालाई दुःख दिनमात्र जान्ने प्राणीका रूपमा चित्रण गर्ने क्रम अन्त्य गर्न जरुरी छ । यसका लागि एकोहोरो प्रहरी कार्यक्रमले मात्र सम्भव छैन, न त उसका सञ्चार प्रणालीमात्रै यसका लागि प्रभावकारी हुन सक्छन् । बरु यस्तै जनतासँग घुलमिल हुनेखालका कार्यक्रमलाई बढावा दिँदै जाने हो भने प्रहरी नागरिक सम्बन्ध अझै दरिलो हुन सक्छ । जसले शान्ति सुरक्षा कायम गर्ने तथा रचनात्मक काम गर्ने सवालमा दुवै पक्षलाई सहयोग पुग्न जानेछ । अन्ततोगत्वा यसका लाभग्राही दुवै पक्ष हुनेछन् र अझ बढी सर्वसाधारण हुने पक्का रहेकोे कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]