०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

धनकुटामा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०८०

 

ABC (क्राईमबिट)

धनकुटा । साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए । गत बुधबार मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएका थिए ।

प्रत्यक्षदर्शी र शव जाँचको आधारमा कुटपिटमा संलग्न विष्णुमायालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिए । ‘मृतकको घाँटीमा समेत नीलडाम देखिएको छ,’ श्रेष्ठले भने, ‘अदालतमा ५ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!