२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोलम्बिया दाङ एजुकेशनद्वारा विद्यार्थी हरूलाई सिमेन्ट कारखाना अवलोकन

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

(ABC-Sanchar)

दाङ । घोराही कोलम्बिया दाङ एजुकेशनद्वारा विद्यार्थी भाईबहिनीहरूलाई सगरमाथा सिमेन्ट कारखाना अवलोकन गराइएको छ। सिमेन्ट कसरी बनाईन्छ र यसमा चाहिने कच्चा पदार्थहरू बारे त्यहाको हेल्थ तथा इन्भाइरोमेन्टकादक्ष प्रशिक्षक सन्चिव मिश्राले जान्कारी गराउनु भयो।

सिमेन्ट बनाउने पक्रियामा चुनढङादेखी लिएर जिप्सम , केलय,कोइला आदि चाहिने जानकारी गराउनु भयो साथै यो कारखाना नेपालकै सबै भन्दा ठुलो सिमेन्ट कारखाना पनि हो भन्नुभयो।सिमेन्ट उत्पादनमा चाहिने धेरै कच्चा पदार्थहरु नेपालबाटै ल्याउने र केही बहिरबाट ल्याउने तर निर्यात भने बढी बहिरी देशहरूमा रहेको बारे पनि बताउनुभयो।सगरमाथा सिमेन्ट्का म्यानेजर श्री अमर सुबेदीले कोलम्बिया दाङका एम. डि. राज बनिया लगाएत सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो।

उहाले सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई अवलोकनको क्रममा हेल्मेट प्रदान गर्नु भएको थियो।विद्यार्थी भाईबहिनीहरूले सिमेन्ट बनाउने कुरामा यतिधेरै चासो राखेको देखेर कारखानाका सन्चिव मिश्रा खुशी पनि व्याक्त गर्नुभयो ।

बिद्यार्थीहरू सिमेन्ट बनाउने प्रक्रिया कक्षा १० मा पढे त पनि प्रत्येक्ष कारखाना नै अवलोकन गराईदिएकोमा कोलम्बिया दाङ एजुकेशनलाई धन्याबाद को भाव पनि प्रकट गरेका थिए भने अब बिज्ञान पढने विद्यार्थी हरूले अब कक्षा११/१२ पढन सजिलो हुने भयो भनेर खुशी पनि व्याक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]