२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

कोलम्बिया दाङ एजुकेशनद्वारा विद्यार्थी हरूलाई सिमेन्ट कारखाना अवलोकन

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

(ABC-Sanchar)

दाङ । घोराही कोलम्बिया दाङ एजुकेशनद्वारा विद्यार्थी भाईबहिनीहरूलाई सगरमाथा सिमेन्ट कारखाना अवलोकन गराइएको छ। सिमेन्ट कसरी बनाईन्छ र यसमा चाहिने कच्चा पदार्थहरू बारे त्यहाको हेल्थ तथा इन्भाइरोमेन्टकादक्ष प्रशिक्षक सन्चिव मिश्राले जान्कारी गराउनु भयो।

सिमेन्ट बनाउने पक्रियामा चुनढङादेखी लिएर जिप्सम , केलय,कोइला आदि चाहिने जानकारी गराउनु भयो साथै यो कारखाना नेपालकै सबै भन्दा ठुलो सिमेन्ट कारखाना पनि हो भन्नुभयो।सिमेन्ट उत्पादनमा चाहिने धेरै कच्चा पदार्थहरु नेपालबाटै ल्याउने र केही बहिरबाट ल्याउने तर निर्यात भने बढी बहिरी देशहरूमा रहेको बारे पनि बताउनुभयो।सगरमाथा सिमेन्ट्का म्यानेजर श्री अमर सुबेदीले कोलम्बिया दाङका एम. डि. राज बनिया लगाएत सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो।

उहाले सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई अवलोकनको क्रममा हेल्मेट प्रदान गर्नु भएको थियो।विद्यार्थी भाईबहिनीहरूले सिमेन्ट बनाउने कुरामा यतिधेरै चासो राखेको देखेर कारखानाका सन्चिव मिश्रा खुशी पनि व्याक्त गर्नुभयो ।

बिद्यार्थीहरू सिमेन्ट बनाउने प्रक्रिया कक्षा १० मा पढे त पनि प्रत्येक्ष कारखाना नै अवलोकन गराईदिएकोमा कोलम्बिया दाङ एजुकेशनलाई धन्याबाद को भाव पनि प्रकट गरेका थिए भने अब बिज्ञान पढने विद्यार्थी हरूले अब कक्षा११/१२ पढन सजिलो हुने भयो भनेर खुशी पनि व्याक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]