२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चौतर्फी विरोधपछि मुख्यमन्त्री चौधरीले मिडियाको बजेट समानुपातिक वितरण गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(ABC-Sanchar)

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी वर्षको बजेटमा संसद विकास कोषबाट विभिन्न व्यक्ति तथा संस्थाको नाममा छुट्टिएको बजेट रोकेर समानुपातिक रुपमा सबैलाई वितरण गर्ने प्रतिवद्धता गरेका छन् ।

विकास कोषको रकमबाट मुख्यमन्त्री, अर्थमन्त्री, अन्य मन्त्री तथा सांसदहरुले आफू निकटका व्यक्तिका संचार माध्यमलाई बजेट दिएर अरुलाई विभेद गरेको विषयमा नेपाल प्रेससहित विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि सरकारको कडा आलोचना भएको थियो ।

आइतबार बुटवलमा आफू निकटका केही पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले विभिन्न क्षेत्रका सांसदहरुले सिफारिस गरेर पठाएका योजना बजेटमा परेपनि त्यसलाई रोकेर संचार माध्यमका लागि एउटै विधिबाट बजेट व्यवस्था गर्ने दावी गरेका हुन् ।

तर उनले भनेजस्तो बजेट पुस्तिकामा मिडियाको नाम तोकेर आएको बजेट रोक्न उनले सक्छन् वा सक्दैनन् उनको कार्यसम्पादनले देखाउने छ ।

बजेटमा मुख्यमन्त्री चौधरीका सल्लाहकार गोपाल भट्टराई, अर्थमन्त्री धनबहादुर मास्कीका सल्लाहकार दीपक बोहोरासहितका निजी संचार माध्यमलाई रकम छुट्टाइएपछि सत्तारुढ दल निकटकै पत्रकारहरुले विरोध गरिरहेका छन् ।

‘बजेटमा आएका विषय सबै संसदहरुले पठाएका हुन्, सिलिङ अनुसार पठाएको हुन्, यसमा मेरो र अर्थमन्त्रीको हात छैन, सरकारले दिने रकम सबै सूचना तथा संचार विभागबाट समानुपातिक ढंगले बाँडिन्छ, यसअघि भएका कमजोरी भए सच्चाएर तपाइहरुको सल्लाहमा विधि बनाएर वितरण हुन्छ, यो मेरो प्रतिवद्धता हो’, मुख्यमन्त्री चौधरीले भनेका छन् ।

उनले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता गरे । चौधरीले सञ्चार माध्यममा आएजस्तो छरप्रस्ठ बजेट खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरे । बजेटमा दाङ केन्द्रित मिडियालाई मात्रै बजेट बिनियोजन गरेको गुनासो आफूसमक्ष समेत आइरहेको बताउँदै मुख्यमन्त्री चौधरीले मिडियाको क्षेत्रमा छुट्टाईएको १२ करोड रकम समावेशी ढंगले बिनियोजन गरिने दोहोर्याए ।

उनले सांसदहरुले आफूले पाएको सिलिंङ अनुसार मिडियाको नाममा बजेट मागेको भएपनि त्यो पैसा खर्च गर्न नमिल्ने बताउँदै ती बजेटलाई एकमुष्ट बजेटमा समावेश गरी खर्च गर्ने बताए ।

‘उनले भने,‘सञ्चार क्षेत्रमा पनि एकमुष्ठ बजेट नै छ। एकल रुपमा आएका बजेट खर्च गर्न मिल्दैन, ती सबैलाई एउटै शीर्षकमा समावेश गरेर समानुपातिक ढंगले बितरण गर्नेछौँ ।’

उनले लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा नेपालमै पहिलो पटक लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

बुद्ध जन्मस्थल लुम्बिनी सहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउनको कार्यक्रम महत्वपूर्ण हुने बताए । सन् २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार बिजेताहरु र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

‘बुद्ध जन्मस्थल लुम्बिनी हामीसँग छ, यसलाई हामीले केन्द्रमा राखेर पर्यटकीय परिपथ बनाउदा सबै क्षेत्रमा रोजगारी सिर्जना हुँन्छ’, उनले भने, ‘लिडर टु लोरेन्स’ कार्यक्रमले पनि रोजगारी सिर्जना गरोस भन्ने हिसाबले हामीले तयारी थालिरहेका छौँ।’ सरकारले यसको लागि ६ करोड रकम विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]