२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

घोराही ८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिए पदबाट राजीनामा किन ?

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(ABC-Sanchar)

दाङ । घोराही ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले वडा अध्यक्ष पदबाट राजिनामा दिएका छन । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष जितेन्द्र शाहले आज पदबाट राजिनामा दिएका हुन । एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभा चलिरहदा बाहिरिएका हुन । पटक-पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिएपनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले मेयरसंग चर्को असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहाल्दीएपछि उनि पदमा बस्नु भन्दा राजिनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए । उनले यसअघिको बजेट ल्याउदा पनि फेसबुकमा राजिनामा दिने घोषणा गरेपनी अन्तिममा दिएका थिएनन् । उनले टाेलबासी सबैलाई बोलाएर आफुले बजेट हाल्न नसकेको भन्दै राजिनामा दिनका लागि सुझाब सल्लाह लिएका थिए । उनले आफुले आउने मेयरको तयारी गर्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]