२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजबाट बाराको पथलैयासम्मका लागि विद्युतीय बस सञ्चालनमा आयो

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(ABC-Sanchar)

पर्सा । वीरगञ्ज पूर्व मन्त्री एवम् सङ्घीय सांसद किसान श्रेष्ठको पहलमा पूर्वपश्चिम राजमार्गको वीरगञ्जबाट पथलैयासम्मका लागि विद्युतीय बस सञ्चालनमा आएको छ ।

स्थानीय व्यवसायी भेष बहादुर थापाले सुन्दर यातायात मार्फत वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा विद्युतीय बस सञ्चालनमा ल्याएका हुन् ।

असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बसले दैनिक वीरगञ्जदेखि पूर्वपश्चिम राजमार्ग प्रवेश स्थल पथलैयासम्मको यात्रा गर्नेछ । वीरगञ्ज-पथलैया सडकमा चल्न सुन्दर यातायातले चार वटा बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको सुन्दर यातायातका अध्यक्ष थापाले जानकारी दिए ।

वीरगञ्जबाट छुट्ने बस औद्योगिक कोरिडोरअन्तर्गत पर्ने बजारहरू परवानीपुर, जितपुर, सिमरा हुँदै पथलैयासम्मको २५ किलोमिटर लामो यात्रा गर्ने थापाले बताए । बस व्यापारिक ६ लेन सडकमा चल्नेछ ।


पूर्व मन्त्री एवम् सङ्घीय सांसद किसान श्रेष्ठको आग्रहमा आफूले बस सेवा सञ्चालनमा ल्याएको सुन्दर यातायातका अध्यक्ष थापाले बताए । उनले असारको अन्तिम दिनतिर बस सेवा सुरु हुने जानकारी पनि दिए । उनले भने, “अब हामी असारको अन्तिम साताको कुनै पनि दिन कोरिडोरमा बिजुली बस सञ्चालन गर्नेछौँ ।” बिजुली बस जर्मनी प्रविधिमा चीनले उत्पादन गरेका हुन् । यी बस युरो मापदण्डका हुन् । यस्ता बस विश्वका सम्पन्न मुलुकमा समेत प्रचलनमा आएको र अन्तर्राष्ट्रिय स्तरका भएको थापाले दाबी गरे ।

अहिले बिजुली बस चार्ज गर्नका लागि सिमरा क्षेत्रमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ । कम्पनीका अनुसार स्टेसनको काम अन्तिम अवस्थामा पुगेको छ भने बस चीनबाट वीरगञ्जसम्म आइसकेका छन् । ३५ सिट क्षमताका बसमा जिपिएस प्रविधि जडान गरिने छ । कम्पनीलाई केन्द्रीय कार्यालयबाट बस र यात्रुको मनिटरिङ गर्न सजिलो हुनेछ ।

कम्पनीले सिमरा क्षेत्रमा बनाउन लागेको चार्जिङ स्टेसन सौर्य तथा विद्युत् दुवैको कनेक्सन हुनेछ । यसबाट अन्य निजी तथा सार्वजनिक सवारीसाधनले पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार तीनदेखि ५ रुपैयाँ प्रतियुनिट शुल्क लाग्नेछ । कम्पनीले चार्जिङ स्टेसनमा एटिएम, कोल्ड स्टोर, रेस्टरूम पनि बनाउने छ ।

निजी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सुन्दर यातायात पहिलो कम्पनी हो । यो कम्पनीले देशका अन्य भागमा १९ वटा बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । अहिले यो रुटमा सेवा विस्तार गरेको हो । आगामी आर्थिक वर्षभित्र देशका अन्य स्थानमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए ।

कम्पनी ऐनअनुसार चालक, सहचालकदेखि मनिटरिङ अपरेसन विभाग, चार्जिङ स्टेसनमा कार्यरत प्राविधिक कर्मचारी सबै माग भइसकेको कम्पनीले जनाएको छ । यातायात व्यवस्था विभागले तोकेको मापदण्डअनुसार अपाङ्गता भएका, वृद्ध वृद्धा, विद्यार्थी लगायतलाई भाडामा छुट दिइने छ । सवारीको सुविधाअनुसार तीन तहको भाडा दर रहे पनि लोकल बसको भन्दा भाडा दर धेरै हुनेछैन । तराईको गर्मीमा बिजुलीको चिसो सुविधासहितको सेवा यात्रुलाई दिने लक्ष्य राखेको अध्यक्ष थापाले बताए ।

एयर कन्डिसनर सेवासहितका यी विद्युतीय बस वातावरणमैत्री रहेको कम्पनीको दाबी छ । बसमा यात्रा गर्दा टाउको नदुख्ने, रिङ्गटा नलाग्ने, बान्ता नहुने र आरामदायी यात्रा हुनेछ । कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले यो बस डिजेल गाडीको जस्तो चर्को ध्वनि रहित हुनेछ ।

कोरिडोरमा सञ्चालन लगत्तै कम्पनीले वीरगञ्ज-हेटौँडामा २० सिटे ४ वटा बसले सेवा विस्तार गर्ने जनाएको छ, जुन बस भैरहवा भन्सारमा यही असार २५ गते आइपुग्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]