०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

बर्दियामा साङ्लोले बाँधेर राखिएका एक मनोरोगीको उद्दार

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

 

(राजन थारू)

बर्दिया । साङ्लोले बाँधेर यातना दिएको खवर पाएपछि गुलरिया नगरपालिका ५, बर्दियाका २७ बर्षीय ओमप्रकाश थारुको उद्दार गरेको आश्रमका संयोजक उर्विन सापकोटाले जानकारी दिए ।
विगत ५–६ वर्षदेखि मनोरोगबाट पीडित थारुलाई परिवारका सदस्यले फलामे साङ्लोले बाँधेर घरमै राखेका थिए । आर्थिक आभाव र अशिक्षाका कारण केहि महिनादेखि उनलाई घरमै फलामे साङ्लो बाधेर राखिएको परिवारका सदस्यलाई उदृध गर्दै सापकोटाले बताए ।
उनले स्थानीयले दिएको सूचनाको आधारमा उद्धारको लागि त्यहाँ पुगेको बताए । उनको मानसिक तथा शारिरिक अवस्थाको बारेमा केहि समय जानकारी लिएपछि उनलाई नेपालगन्ज ल्याइएको सापकोटाले बताए । ‘गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुमबहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरिप्रसाद चौधरी र स्थानीयवासीको रोहवरमा ओमप्रकाशलाई मानवसेवा आश्रम, नेपालगन्ज ल्याइएको छ,’ उनले भने ।
मनोचिकित्सकको सल्लाह वमोजिम औषधि उपचार सुरु गरिएको उनले बताए । उनले आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन तथा उनीहरुको दीगो व्यवस्थापनमा सहयोग गर्दै आएको आश्रमले जनाएको छ ।

उद्धारपछि नेपालगन्जस्थित मानवसेवा आश्रममा औषधि सेवन गर्दै ओमप्रकाश ।

‘राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका निम्ति बैशाख १, २०७९ देखि नेपालगन्जमा सेवा सञ्चालन गरिरहेको छ,’ सापकोटाले भने ।
हाल आश्रममा चार बालबालिका, पाँच महिला, ३६ पुरुष गरि ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडकआश्रित मानवहरु आश्रित रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!