२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा प्रहरीले युरीया मल कालोबजारी गर्ने एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका हनुमान मन्दिर चोक स्थित रहेको जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गरी जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.२ बस्ने वर्ष २८ को दिपेश कुमार साहले नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ के.जी.को बोरामा राखि प्याकिङ गरी अनाधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा श्रीपुर वडा प्रहरी कार्यालय मातहत तथा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले उक्त गोदाम कोठाको कानूनी रीतपुर्‍याई खानतलासी गर्दा साल्ट ट्रेडिङ करपाेरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५०केजीको ४५ बोरा ,भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५केजि को १५ बोरा ,युरिया मल ओसारपसार कार्येमा सन्लग्न BR 01AS -3536 नम्बरको बजाज पलाटिना माेटर साईकल १ थान, सालट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० केजीको खाली बोरा ३२ थान , भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ केजीको खाली बोरा १६ थान निज दिपेश कुमार साह समेतलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द कालो बजारी अन्तर्गत कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायव उपरीक्षक एवम् प्रव्क्ता दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]