२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आइतबारदेखि महोत्तरीको जनकपुर कुर्थासम्म रेल चल्ने तयारी पुरा

Logo
प्रकाशित शुक्रबार, आषाढ २९, २०८०

(ABC-Sanchar)

महोत्तरी । जयनगर-जनकपुर-कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म नै आउने भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन कुमार झाले जानकारी दिए ।

भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेकाले रेल सञ्चालन गर्न लागेको रेल्वे कम्पनीले जनाएको छ ।

अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी रहेपनि यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे कम्पनीका संचालक झाले बताए । रेल्वे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा पनि रहेको उनले बताए । अहिले जयनगर –जनकपुर–कुर्था ३५ किलोमिटर खण्डमा दैनिक २ पटक रेल सेवा सञ्चालन भैरहेको छ ।

जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिसकेकाले छिट्टै काम सुरु हुने र २ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेको झाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]