२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भानु जयन्तीको अवसरमा शैक्षिक सामग्री वितरण र वृक्षारोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

(सागर थापा)

दाङ । नेपाल पुलिस स्कुल घोराही,दाङमा २१० औ भानु जयन्तीको अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय,भैरहवा, रुपन्देहीका प्रमुख एवं नेपाल पुलिस स्कुल घोराही,दाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेतको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ,


लुम्बिनी प्रदेश, बुटवलको आयोजना तथा नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश, बुटवलकी अध्यक्ष श्रीमती सन्ध्या जोशीको प्रमुख आतिथ्यता, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगरको विशेष आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको अतिथि र विद्यार्थी तथा अभिभावकको उस्थितिमा संचालन भएको थियो ।

रचनात्मक क्रियाकलाप तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुले गायन तथा कविता बाचन प्रस्तुत गरिनुका साथै उत्कृष्ठ हुने विद्यार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको र अमर, अशक्त, विपन्न परियार तथा प्रहरी कार्यालय सहयोगीहरुका सन्ततिहरु समेत गरी जम्मा १५४ जनालाई शैक्षिक सामग्री वितरण गर्नुका साथै, वृक्षारोपण कार्यक्रम समेत सु-सम्पन्न गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]