२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बजार मूल्यभन्दा दोब्बर मुल्यमा नारायणी अस्पतालको फार्मेसीबाट औषधि बिक्री

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिका
स्थित नारायणी अस्पतालमा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको समाचार सार्वजनिक भएको छ ।

स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खरीद गर्न फार्मेसीमा जाँदा बजार मूल्यभन्दा दोब्बर मुल्यमा फार्मेसीले बिक्री गरेको पाइएको छ । अस्पताल हाताभित्र रहेको फार्मेसी, साझा औषधिपसल र अस्पतालबाहिर रहेका निजी औषधिपसलमा एउटै औषधिको मूल्य फरकफरक भेटिएका छन् ।

केही वर्षअघि निजी औषधिपसलेले सर्वसाधारणलाई ठगेको गुनासोको आधारमा नेपाल सरकारले अस्पतालभित्रै साझा औषधिपसल खोल्न लगाएको थियो । त्यसपछि देशभरिका अस्पताललाई फार्मेसी सञ्चालन गर्न अधिकार दिएको थियो । बिरामीहरू पनि ढुक्क भएर अस्पतालकै फार्मेसीबाट औषधि किन्ने गरेका छन् तर सुपथ मूल्यमा गुणस्तरीय औषधि बिक्रीको लागि खोलिएको अस्पतालको फार्मेसीबाट नै बिरामीहरू ठगिन थालेका छन् ।

अस्पतालको फार्मेसीमा आइआरएल ५०० एमएलको मूल्य प्रतिबोतल ६३ रुपैयाँ पर्छ भने साझा स्वास्थ्य सेवा पसलमा ६१ रुपैयाँ पर्ने गरेको छ । त्यहि औषधि निजी औषधि पसल विवेक मेडिकल हलमा ५३ रुपैयाँ पर्ने गरेको छ ।

निजी पसलमा केनुलाको मूल्य २० रुपैयाँ पर्छ भने साझाको पसलमा ३३ तथा नारायणी अस्पतालको फार्मेसीमा भने ४५ रुपैयाँमा बिक्री भइरहेको बिरामीहरूले बताएका छन् ।
यसले सबै औषधिमा मूल्य बढाएर अस्पतालको फार्मेसीले बिरामीहरूलाई ठगिरहेको खुलाशा भएको हो अस्पतालको विकास र बिरामीहरूलाई थप आर्थिक भार नपरोस् भनेर खोलिएको अस्पतालको फार्मेसीले ठगीधन्दा शुरू गर्दा पनि सरोकारवाला निकाय भने मौन देखिएका छन् । ठगीबाट उठेको रकममा चिकित्सक र कर्मचारीहरूले भागबन्डा पाउने गरेको स्रोतले जनाएको छ ।

स्रोत अनुसार फार्मेसीमा काम गर्ने कर्मचारीहरूले बाहिरबाट लाखौं रुपियाँका औषधि आफैंले किनेर ल्याउने, प्रणालीमा प्रविष्ट नगर्ने, बिल पनि नदिने तर औषधि बिक्रीको रकम आफ्नो गोजीमा राख्ने गरेका छन् ।

हतारमा आएका बिरामीका कुरुवाले पैसा दिई औषधि लैजान्छन् तर कर्मचारीले बिल पनि दिंदैनन् ।फार्मेसीका कर्मचारीहरूले दैनिक हजारौं रुपियाँ अवैध तरीकाले कमाइरहेको स्रोतको भनाइ छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले भने फार्मेसीमा औषधिको मूल्य फरक नरहेको बताए ।फार्मेसीबाट स्वास्थ्य बीमा गराएका व्यक्तिलाई औषधि दिंदा नेपाल सरकारले बनाएको मापदण्ड तथा मूल्यसूची अनुसार औषधि बिक्री हुने गरेको दाबी गरे । उनले औषधिको मूल्य फरक भएको खण्डमा समस्याको समाधानतर्फ गर्ने तर्फ लागने उनको भनाई थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]