२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

१ सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

ABC (क्राईमबिट)

हेटौँडा । आइतबार हेटौँडाबाट प्रहरीले एक सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा- ४ कर्रास्थित सडक खण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो।

बोलेरो पिकअप गाडीलाई रोकी शङ्का लागेर खानतलासी गर्दा उक्त गाडीको पछाडिको भागमा खाली क्रेटहरूको मुनी बोराभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागुऔषध गाँजा एक सय किलो ६ सय ग्राम फेला पारेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उक्त लागुऔषध र पिकअफ गाडीसहित चालक गोरखा पालुङटार नगरपालिका- ३ बस्ने ३७ वर्षका दुर्गा दर्जीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]