२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोशी किनारमा युबतीहरूको ग्याङ फाइट गर्नेहरु एक युवती पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

मोरङ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीन जना किशोरीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तकोशी किनारमा किशोरीहरुको समूहले किशोरीहरुको अर्को समूहमाथि निर्घात रुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

घटनामा संलग्न अरु चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको राईले जानकारी दिए । पक्राउ पर्नेमा बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु रहेकी छन् ।

घटनामा संलग्न बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा बराह क्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनिषा राईलाई पाँच जनाको समूहमा रहेका किशोरीहरुले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुले आफ्नो अस्मितामा आँच आउने गरी अरु कसैलाई पोल खोलिदिएको भन्दै झुक्याएर सप्तकोसी किनारमा बोलाएर निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ ।

कुटपिटको भिडियो समेत बनाएर पीडकहरुले नै सामाजिक सन्जालमा सार्वजनिक गरेको भेटिएको प्रहरीको भनाइ छ । गत शुक्रबार सप्तकोशी नदीस्थित बराह क्षेत्रको राजाबासमा पाँच जना किशोरीको समूहले तीन जना किशोरीमाथि निर्घात कुटपिट गरेको उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!