२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोशी किनारमा युबतीहरूको ग्याङ फाइट गर्नेहरु एक युवती पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

मोरङ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीन जना किशोरीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तकोशी किनारमा किशोरीहरुको समूहले किशोरीहरुको अर्को समूहमाथि निर्घात रुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

घटनामा संलग्न अरु चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको राईले जानकारी दिए । पक्राउ पर्नेमा बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु रहेकी छन् ।

घटनामा संलग्न बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा बराह क्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनिषा राईलाई पाँच जनाको समूहमा रहेका किशोरीहरुले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुले आफ्नो अस्मितामा आँच आउने गरी अरु कसैलाई पोल खोलिदिएको भन्दै झुक्याएर सप्तकोसी किनारमा बोलाएर निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ ।

कुटपिटको भिडियो समेत बनाएर पीडकहरुले नै सामाजिक सन्जालमा सार्वजनिक गरेको भेटिएको प्रहरीको भनाइ छ । गत शुक्रबार सप्तकोशी नदीस्थित बराह क्षेत्रको राजाबासमा पाँच जना किशोरीको समूहले तीन जना किशोरीमाथि निर्घात कुटपिट गरेको उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]