२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पटक-पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकियो

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

(ABC-Sanchar)

काठमाडौं । फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो।

यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो। धुनीबेँसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एकवर्ष बितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो।

उनले भने, ‘फोहर र मानिससँगै बस्नै सक्दैन, की फोहरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्‍याे कि उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्‍याे, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन्।’

आज बिहान फोहर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिए।

फोहर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए। स्थानीयवासीले सहमतिका नाममा आफूहरूलाई झुक्याइएकाे आरोप लगाएका छन्। कामपाले यसअघि कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो।

यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए।

उनले भने, ‘स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अतिग्रहण गरिदिनुपर्‍याे भन्ने हो कामपाले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ।’ विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो। कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ। यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]