२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजी श्यामलाल ज्ञवालीद्वारा उद्घोषण तथा क्षमता अभिवृदी तालिमको समापन

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

ABC (क्राईमबिट)

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा उद्घोषण तथा क्षमता अभिवृद्दि तालिम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजना र साथी श्रम प्रशिक्षण केन्द्र काठमाण्डौको सहकार्यमा आइतबार स्टार फुट ल्याण्ड कुलेश्वरमा समापन भएको छ ।

उद्घोषण तथा क्षमता अभिवृद्दि तालिममा प्रमाण-पत्र वितरण गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले नेपाल प्रहरी समाजको अभिन्न अंगको रूपमा रहेकाले सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूले सामूहिक अभ्यासमा विश्वास राखी सदैव सभ्य, शिष्‍ट व्यवहार प्रहरीको काम, कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो ।

२०८०|०३|२२ गतेदेखि १० दिन सम्म सञ्चालित तालिममा ३४ जना प्रहरी र २ जना अन्य गरी ३६ जनाले तालिमको लाभ लिनुभएको थियो । उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठ, पूर्व राजदुत महेशराज दाहाल र शिक्षार्थीहरूबाट समेत आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक दान बहादुर कार्की, प्रहरी वृत्त कालीमाटीका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितिमा कार्यक्रम सोही स्थानमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]