२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआईजी श्यामलाल ज्ञवालीद्वारा उद्घोषण तथा क्षमता अभिवृदी तालिमको समापन

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

ABC (क्राईमबिट)

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा उद्घोषण तथा क्षमता अभिवृद्दि तालिम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजना र साथी श्रम प्रशिक्षण केन्द्र काठमाण्डौको सहकार्यमा आइतबार स्टार फुट ल्याण्ड कुलेश्वरमा समापन भएको छ ।

उद्घोषण तथा क्षमता अभिवृद्दि तालिममा प्रमाण-पत्र वितरण गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले नेपाल प्रहरी समाजको अभिन्न अंगको रूपमा रहेकाले सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूले सामूहिक अभ्यासमा विश्वास राखी सदैव सभ्य, शिष्‍ट व्यवहार प्रहरीको काम, कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो ।

२०८०|०३|२२ गतेदेखि १० दिन सम्म सञ्चालित तालिममा ३४ जना प्रहरी र २ जना अन्य गरी ३६ जनाले तालिमको लाभ लिनुभएको थियो । उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठ, पूर्व राजदुत महेशराज दाहाल र शिक्षार्थीहरूबाट समेत आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक दान बहादुर कार्की, प्रहरी वृत्त कालीमाटीका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितिमा कार्यक्रम सोही स्थानमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!