२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अवकाश प्राप्त प्रहरीका आईजिपीहरुसंग गृहमन्त्री नारायण काजी श्रेष्ठको छलफल

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । आइतबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक, अवकाशप्राप्त महानिरीक्षक र अवकाशप्राप्त अतिरिक्त महानिरीक्षकहरुलाई छलफलका लागि गृह मन्त्रालयमा बोलाएका थिए । सुरक्षा निकायलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सुझाव लिन उनले अवकाशप्राप्त उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।

एआइजी सन्दीप भण्डारी र दीपक थापा
सबैको सुझाव सुनेपछि मन्त्री श्रेष्ठले मन्तव्य राख्दै प्रहरी संगठनभित्र गुटबन्दी रहेको कुरा लुकाएनन् । उनले भने, ‘प्रहरीजस्तो फौजी संगठनभित्र गुटबन्दी हुँदा यसले सिंगो संगठनलाई असर गरेको छ, गुटबन्दी अन्त्य हुनसक्यो भने मात्र राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ । त्यसकारण गुटबन्दी अन्त्य गर्न म लागिरहेको छु ।’

गृहमन्त्रीले नै यसरी प्रहरी संगठनभित्र गुटबन्दी रहेको बताएपछि पूर्वप्रहरी अधिकारीले पनि अनौठो माने । वास्तवमै प्रहरी संगठनभित्रको गुटबन्दीको रोग थाहा पाएरै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठ जसरी पनि ३० वर्षे सेवाहद हटाउने अभियानमा लागेका छन् । तर, त्यसविरुद्ध केही प्रहरी अधिकारी गुट बनाएर लागेको सूचना उनले पाएका छन् । सेवाहद हटाउँदा नेतृत्व तहमा नपुग्नेहरू यसरी सेवाहद राख्ने पक्षमा शक्तिकेन्द्र धाइरहेका छन् ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयभित्रै पनि गुटबन्दी देखिन थालेको छ । खासगरी एआइजीहरूबीच यस्तो गुटबन्दी रहेको स्रोत बताउँछ । एआइजी दीपक थापा र सन्दीप भण्डारीबीच संघर्ष बढेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

एआइजी भण्डारीको हालका गृहमन्त्रीनिकट
समूहसँग निकटता छ । सोहीकारण पछिल्लो समय सरुवा–बढुवामा उनको हालीमुहाली छ । डिएसपी बढुवामा उनले आर्थिक चलखेल नै गरेको आरोप लागेपछि छानबिनको मागसमेत उठेको थियो । तर, गृह मन्त्रालयले चासो दिएन । थप सरुवा–बढुवामा पनि उनले गृहमन्त्रीका दाइ मानकाजी श्रेष्ठ लगायतसँग मिलेर चलखेल गरिरहेका छन् ।

उता, थापा विगत केही वर्षदेखि नै छायाँ आइजिपीका रुपमा चिनिन्छन् । प्रहरीमा उनी लामो समय आर्थिक प्रशासन तथा प्रबन्धमा काम गरे । सर्वेन्द्र खनालको पालादेखि नै उनी आइजिपीको खासमान्छे भएर हेडक्वार्टर चलाउँदै आएका छन् । अहिले पनि प्रशासन विभागको प्रमुख छन् ।थापाविरुद्ध गृहमन्त्री निकटलाई कुरा लगाएर उनलाई कमजोर बनाउने रणनीतिमा भण्डारी लागेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र एआइजी श्याम ज्ञवालीबीचको विवाद पनि बाहिर आइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विवाद सतहमा आएको थियो । तर, गत २२ असारमा प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दुवै जना हाँसीहाँसी कुम जोडेर बसेका थिए । उनीहरुबीचको टकराव हाल मत्थर भएको छ भने अन्य एआइजीबीच संघर्ष देखिएको छ ।

एआइजी दीपक थापा अहिलैकै प्रावधानअनुसार कुँवरपछि आइजिपी हुने सम्भावना छ । त्यसकारण पनि उनीविरुद्ध प्रहरीमा अर्काे समूह सक्रिय छ । एआइजी थापालाई भावी नेतृत्वमा अर्का एआइजी सुदीप गिरीले पनि टक्कर दिने सम्भावना छ ।प्रहरीमा डिएसपी तहदेखि नै गुटबन्दीको विकृति छ । गृहमन्त्री श्रेष्ठले यसलाई हटाउने घोषणा गरेका छन् । त्यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने कुरा केही समयपछि देखिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]