२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

महिलाहरुमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भीडियो राख्ने ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

 

ABC (क्राईमबिट)

सुनसरी । जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनाले विपक्षीहरुको बेईज्जती गरेको भन्ने आरोप लगाई पीडितहरुलाई झुक्याएर वारदात स्थान जिल्ला सुनसरी बराहक्षेत्र न.पा.वडा नं.९ (टोल राजाबास) स्थितको चिहानडाँडाको कोशी किनारमा बोलाई पाँच जनाले निजहरु तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेकोमा पिडितहरुले मिति २०८०।०३।३१ गते इप्रका महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका । उक्त जाहेरी दरखास्तको आधारमा पाँच जना अभियुक्तहरुमध्येका जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर (भुजेलटोल) बस्ने बर्ष १९ की प्रिति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको साथै उक्त घटनामा संलग्न प्रतीवादीहरु भागि लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. ८ (टोल सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई र ऐ. वडा नं. ८ (सैनिकटोल) बस्ने बर्ष २२ की बिनिता उराँउलाई इप्रका महेन्द्रनगरवाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले सुनसरीको ईटहरी बजारबाट आज मिति २०८०।०४।०२ गते दिनको १५:०० बजेको समयमा पक्राउ गरीएको । फरार रहेका थप २ जना अभियुक्तहरुको खोजी कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!