२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौँको सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । सिनामंगलमा शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् ।

पासवानलाई घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् ।

पक्राउपछि प्रहरीसँग उनले भनेका छन्–‘राख्न लगाउने मान्छेलाई चिन्दिनँ, नेपाली मान्छे हो ।’ शङ्कास्पद बस्तु दिनेले ‘त्यहाँ राख’ भनेपछि आफूले राखेको उनले बताएका छन् ।

शङ्कास्पद बस्तु राखेपछि उनी घटनास्थलमा नै बसेर रमिता हेरिरहेका थिए । अनुसन्धान अधिकृतहरूले उनलाई सिसिटिभी फुटेको आधारमा पक्राउ गरेका हुन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘म काम गर्ने मान्छे हुँ ।’

घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’ नेपाली सेनाले शङ्कास्पद बस्तु डिस्पोज गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!