२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

धनुषामा मोटरसाइकल चोरी लगायतको आरोपमा ३० जना युवकहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

 

ABC (क्राईमबिट)

धनुषा । मोटरसाइकल लगायत विभिन्न सामान चोरीमा संलग्न रहेको आरोपमा धनुषामा ३० युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, धनुषाले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। केही दिनयता पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

मोटरसाइकल लगायत सरसामान चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक १७ देखि ३८ वर्षसम्मका छन्। मोटरसाइकलसँगै हेल्मेट, धर्मशालामा चोरी गर्ने, पसलबाट नगद चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रसाद गौतमले बताए।

डीएसपी गौतमका अनुसार केही व्यक्ति यसअघि पनि चोरीको आरोपमा पक्राउ परेका थिए। पटक पटक पक्राउ परेका उनीहरूले चोरी गरेको स्विकारेको पनि डीएसपी गौतमले बताए।

गत आर्थिक वर्षमा धनुषा प्रहरीमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएका थिए। जसमध्ये ८१ वटा मोटरसाइकल खोजबिन गरेर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। त्यस्तै, चोरी भएका ३६५ मध्ये २६० मोबाइल फेला परेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]