
ABC (क्राईमबिट)
पर्सा । बीरगंज म.न.पा ८ घण्टाघर स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-९५,०२,५५१/-ना ४ ख ८३३४ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-५७,५६,६९२/-, ना ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-८४,०९,३३८/- र ना ३ ख ८०३९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-२४,६६,८७७/-गरी चार वटा ट्रकमा लोड भएको जम्मा मुल्य रु:-१,९८,२०,३१५/- (भ्याट सहित) बराबरको बिल विजक भन्दा बढी र फरक मालसामान भएको आशंकामा सामानहरु सहित ४ वटा ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।