२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

विश्व खाद्य कार्यालय खोली ठगी २ जना नक्कली कर्मचारी पक्राउ ३ जना फरार

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरीले विश्व खाद्य कार्यक्रमको डब्लुएफपी कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै दिपेश गुरुङ भन्ने भिम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गत जेष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचर लगाएतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरु ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट दुई लाख रुपैया, नेपालको राष्ट्रिय झण्डाहरु , अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप लगायत बरामद भएको र थप अनुसन्धान भइरहेको काकीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।