
(ABC-Sanchar)
भैरहवा । सोमबार रातिदेखि परिरहेको पानीले सैनामैनाको भड्छामा एक घर डुबानमा परेको छ । इङगुरिया खोलामा आएको बाढीले सैनामैना–८ भड्छा का शफ्मुनी थारुको घर डुबानमा परेको हो ।
घरगोठ डुबानमा परेपछि उनका परिवारका तीन जना सदस्य र ५ वटा बाख्राचौपायालाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीय मिलेर उद्धार गरेको हो । उनीहरूलाई छिमेकी लक्ष्मण गैरेको घरमा अस्थायी रूपमा राखिएको वडाध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए ।