२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अबैध हार्डवेयर तथा खुद्रा समानसहित २ वटा ट्रक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचना प्राप्त भई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१० गते अंनदाजि राती ०२:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू ४२,१०,३९४ ।– (बयालिस लाख दश हजार तिन सय चौरानब्बे) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०४।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
साथै, बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको प्रप्त सूचना को आधारमा पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१० गते अं. राती ०३:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा ना.३ ख ३१९९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू ४१,७७,६०७।– (एकचालीस लाख सतहत्तर हजार छ सय सात) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०४।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!