२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अबैध हार्डवेयर तथा खुद्रा समानसहित २ वटा ट्रक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचना प्राप्त भई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१० गते अंनदाजि राती ०२:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू ४२,१०,३९४ ।– (बयालिस लाख दश हजार तिन सय चौरानब्बे) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०४।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
साथै, बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको प्रप्त सूचना को आधारमा पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।१० गते अं. राती ०३:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा ना.३ ख ३१९९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू ४१,७७,६०७।– (एकचालीस लाख सतहत्तर हजार छ सय सात) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०४।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]