२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जातीय विभेद मुद्दामा एक लाख धरौटीमा छुटे तारा प्रसाद पोखरेल

Logo
प्रकाशित शुक्रबार, साउन १२, २०८०

ABC (क्राईमबिट)
दाङ । जातीय विभेद मुद्दामा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।
जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।
अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबरजस्ती घरबाट निस्कन उर्दी जारी गरेका थिए।
उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पिडितले आरोप लगाएका थिए ।

त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले असार १६ गते ताराप्रसादलाई नियन्त्रणमा लिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]