२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठानमा सरकारी गाडीको चरम दुरुपयोग २ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

 

(ABC-Sanchar)

प्युठान । सरकारी कामकाज बाहेक व्यक्तिगत प्रयोजनका लागि समेत सरकारी गाडी प्रयोग हुन थालेका हुन ।
मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट युवासंगठनको नेतृत्वले नियन्त्रणमा लिएको हो । लामो समयदेखि कवर्डहलमा ब्याडमेन्टिन खेल्न जादा सरकारी कर्मचारी मोटरसाइकल दुरुपयोग गरिरहेको पाईएकाले रोक्नको लागि मोटरसाइकल नियन्त्रणमा लिएको युवा संगठनका केन्द्रीय सदस्य विरबल ‘सि’ ले बताए ।
सरकारी सेतो नम्बर प्लेटका लु १ ब २५६७, लु १ ब २५६८ र लु १ ब २्०४९ नम्मरका मोटरसाइकलहरु ईलाका प्रहरी कार्यालयलाई बुझाएको विरबलको भनाई छ ।लु १ ब २०४९ नम्मरका मोटरसाइकलसव डिभिजन वन कार्यालय बिजुवारका ईन्चार्ज मनोज चौधरी र लु १ ब २५६७ , लु १ ब २५६८ दुई मोटरसाईकल जिल्ला अस्पताल बिजुवारका लेखापाल कृष्ण श्रेष्ठ र हलुका सवारी चालक पदका कर्मचारी संकल्प पन्थीले पुण्ड्यखोला स्थित कवर्डहलमा खेल खेल्न जाँदा लगेर दुरुपयोग गरेको उजुरीपछि मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!