२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् भगवती पाण्डे

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी भगवती पाण्डे शीतललाई प्रहरीले छाडेको छ । काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न नपर्ने भनेपछि प्रहरीले हिजो राति नै पाण्डेलाई छाडेको हो ।

प्रहरीले पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए ।

एसपी ढुंगेलका अनुसार पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा चल्नेछ । अब उनले हिरासत बाहिरै बसेर मुद्दा लड्नेछिन् ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। त्यसपछि फरार रहेका उनी बुधबार पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।