२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् भगवती पाण्डे

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी भगवती पाण्डे शीतललाई प्रहरीले छाडेको छ । काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न नपर्ने भनेपछि प्रहरीले हिजो राति नै पाण्डेलाई छाडेको हो ।

प्रहरीले पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए ।

एसपी ढुंगेलका अनुसार पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा चल्नेछ । अब उनले हिरासत बाहिरै बसेर मुद्दा लड्नेछिन् ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि साउन १२ गते जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। त्यसपछि फरार रहेका उनी बुधबार पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]