२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हनि ट्रयापमा पारेर पैसाको डिमाण्ड गर्ने नक्कली पत्रकार सहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । पिडितहरुलाई सामाजिक संजाल फेसबुकमा अनिता मगरको नामबाट Friend Request पठाई साथी बनाई म्यासेन्जरबाट कुराकानी गर्ने, त्यसपश्चात निज महिलाले पिडितहरुलाई बिभिन्न स्थान एवं होटल जानको लागि अनुरोध गर्ने, होटलबाट सामान्य वार्तालाप गरी बहाना बनाई बाहिर निस्की उक्त महिलाले हामी बिचको कुरा सबै मेरो दाजु भाउजुले थाहा पाउनु भैसक्यो, अव उहाँहरुले भने बमोजिम गर्नुस् भनी पिडितलाई भन्ने, त्यसपश्चात निज महिलाको समुहका अन्य ब्यक्तिहरुले पिडितहरुले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गरी धाक धम्की दिने, रकम माग गर्ने एवं ब्ल्याकमेलिङ गर्ने गरेको भनी यस कार्यालयमा पिडितहरु उपस्थित भई निवेदन दिए पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त क्रियाकलाप गर्ने निम्न ब्यक्तिहरुलाई मिति २०८०।०४।१७ गते पिडितसँग पैसाको बार्गेनिङ गरी ३(तीन) लाखको चेक लिएको अवस्थामा काठमाण्डौं बालकुमारीस्थित The Burger House and Crunchy Fried Chicken बाट कसूरमा प्रयोग भएका मोबाइल, सीमकार्ड, पिडितले दिएको चेक एवं अन्य दशीसहित पक्राउ गरी अपराधिक लाभ लिन नहुने कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको । पिडकहरुले अर्को एक जना पीडितबाट समेत मिति २०८०/०३/२८ गते रु.३,२५,०००।– रकम बुझिलिई सकेको ।
हाल सम्म २ जना पिडितहरुले आपराधिक लाभ (Extortion) मा यस कार्यालयमा जाहेरी दिएको ।
१. अनिता मगर भन्ने सिया मगर (Friend request पठाउने महिला)
उमेर: २४ बर्ष
ठेगाना:- जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ९ घर भई हाल काठमाण्डौँ
जिल्ला बानेश्वर बस्ने
बैवाहिक अवस्था:- अबिवाहित
भुमिका:- बिवाहित केटाहरुसँग सामाजिक संजालमा जोडिएर कुरा गरी रिलेशनमा बस्ने सम्मको कुरा गर्ने, त्यसपछी केटाहरु लगाएर पैसाको डिमाण्ड गर्ने ।
२. दिपक पराजुली (पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्ने )
पेशा:- गाडी चालक
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ४ मान्खा घर भई हाल काठमाण्डौँ जिल्ला का.म.न.पा. बानेश्वर बस्ने
बैवाहिक अवस्था:- अबिवाहित
भुमिका:- म गृह मन्त्रालयको प्रेस सल्लाहकार हुँ । पिडितको सम्पुर्ण बिवरण रेकर्ड राखी पैसाको डिमाण्ड गरी पत्रकार हुँ भनि तर्साउने ।
३. बिमल सुवेदी
उमेर:- २७ बर्ष
पेशा: राइड सेयरिङ
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा.वडा नं. ४ मान्खा घर भई हाल जिल्ला भक्तपुर दुवाकोट बस्ने
भुमिका:- म्याशेज तथा भेट गरी ब्ल्याकमेलिङ गर्ने ।
४. सरोज तिमल्सेना
उमेर: २४ बर्ष
पेशा: राइड सेयरिङ
ठेगाना:- जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ घर भई हाल भक्तपुर जिल्ला सानोठिमी बस्ने ।
भुमिका:- भेट गर्न बोलाएका बखत बाहिर निग्रानी गरी डर त्रास देखाउने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]