२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीका अधिकारीहरु किन पर्छन् काण्डै काण्डमा ?

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीका अधिकारी पटक पटक महिला काण्डमा पर्दै आएका छन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमल्सिना यस्तो काण्डमा मुछिएका छन् ।

एक युवतीसँग अश्लील च्याट गरेको विषय बाहिर आएपछि उनीमाथि कारबाही सिफारिस भएको छ । ती युवतीले नै इन्सपेक्टर तिमिल्सिनाले आफुलाई यसरी सामाजिक सञ्जालबाट हिंसा गरेको भन्दै उजुरी गरेकी थिइन् ।

इन्सपेक्टर तिमिल्सिनाका धेरै प्रेमिका रहेको र त्यही विषयमा झगडा भएर सो घटना बाहिर आएको समेत बताइएको छ । तर, यो घटनाले प्रहरीलाई विवादमा पारेको छ ।

त्यसअघि अर्काे गम्भीर घटनामा एसएसपी योगबहादुर पाल मुछिएका थिए । कञ्चनपुरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत रहेका बेला आफ्नै कार्यालकी महिला हवल्दारलाई उनले ‘गुड फ्राइडे’ मनाउने प्रस्ताव गरेका थिए । ती महिला हवल्दारले उजुरी गरेपछि छानबिन हुँदा उनी दोषी देखिए ।

छानबिनको क्रममा सो कार्यालयका अन्य महिला प्रहरीमाथि समेत उनले यौन हिंसा गर्दै आएको खुलेको छ । सो घटनामा उनलाई निलम्बन गरिएको छ । एसएसपी पाल विगतमा पनि यस्ता गम्भीर किसिमका महिला काण्डमा फस्दै आएका अधिकृत हुन् । तर, राजनीतिक पहुँचका कारण जोगिदै आएका थिए ।

यो घटनामा पनि उनीमाथि विभागीय कारबाही मात्र भएको छ । उनीामथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढेको छैन ।
विगतमा अरु धेरै प्रहरी अधिकारी यस्तो काण्डमा परेका छन् । बलात्कार आरोप लागेपछि तीन वर्षअघि डिएसपी राजकुमार खिउजुले राजीनामा दिएका थिए । पछि उनी पक्राउ परे । युवतीलाई प्रभावमा पारी बयान फेर्न लगाएर पछि अदालतबाट सफाई पाएका थिए ।

सेवाग्राहीका रुपमा प्रहरी वृत्त चापागाउँ पुगेकी युवतीलाई सहयोगको बहानामा उनले यौन शोषण गरेको पीडितको भनाइ थियो । पदमै हुँदा पूर्वडिआइजी सौरभ राणालाई पनि बलात्कार मुद्दा परेको थियो ।

उनको इटहरीकी एक महिलासँग हिमचिम थियो । विवाद भएपछि ती महिलाले बलात्कारको जाहेरी दिएकी थिइन् । घटना भएको भनिएको बेला एसएसपी राणा काठमाडौंमा भएको पुष्टि भएपछि मुद्दा नचलाउने निर्णय गरिएको थियो ।

त्यस्तै, एआइजी हुँदा कल्याण तिमल्सिनामाथि समेत गम्भीर आरोप लाग्यो । आफुलाई यौन शोषण गरेको भन्दै एक महिला हवल्दारले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएकी थिइन् । जसमा उनले १७ लाख रुपैयाँ दिएर गोप्य रुपमा घटना मिलाएका थिए ।

नेपाल प्रहरीभित्र विगतमा अनेक यौनकाण्ड भएका थिए । तर, त्यतीबेला गोप्य रुपमा मिलापत्र हुन्थ्यो । हाकिमविरुद्ध उजुरी गर्न महिला प्रहरीहरू डराउथे । पछिल्लो समय भने उजुरी गर्ने प्रवृत्ति बढेको छ । प्रहरी नेतृत्व पनि यो विषयमा निर्मम बन्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!