२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रहरीका अधिकारीहरु किन पर्छन् काण्डै काण्डमा ?

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीका अधिकारी पटक पटक महिला काण्डमा पर्दै आएका छन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमल्सिना यस्तो काण्डमा मुछिएका छन् ।

एक युवतीसँग अश्लील च्याट गरेको विषय बाहिर आएपछि उनीमाथि कारबाही सिफारिस भएको छ । ती युवतीले नै इन्सपेक्टर तिमिल्सिनाले आफुलाई यसरी सामाजिक सञ्जालबाट हिंसा गरेको भन्दै उजुरी गरेकी थिइन् ।

इन्सपेक्टर तिमिल्सिनाका धेरै प्रेमिका रहेको र त्यही विषयमा झगडा भएर सो घटना बाहिर आएको समेत बताइएको छ । तर, यो घटनाले प्रहरीलाई विवादमा पारेको छ ।

त्यसअघि अर्काे गम्भीर घटनामा एसएसपी योगबहादुर पाल मुछिएका थिए । कञ्चनपुरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत रहेका बेला आफ्नै कार्यालकी महिला हवल्दारलाई उनले ‘गुड फ्राइडे’ मनाउने प्रस्ताव गरेका थिए । ती महिला हवल्दारले उजुरी गरेपछि छानबिन हुँदा उनी दोषी देखिए ।

छानबिनको क्रममा सो कार्यालयका अन्य महिला प्रहरीमाथि समेत उनले यौन हिंसा गर्दै आएको खुलेको छ । सो घटनामा उनलाई निलम्बन गरिएको छ । एसएसपी पाल विगतमा पनि यस्ता गम्भीर किसिमका महिला काण्डमा फस्दै आएका अधिकृत हुन् । तर, राजनीतिक पहुँचका कारण जोगिदै आएका थिए ।

यो घटनामा पनि उनीमाथि विभागीय कारबाही मात्र भएको छ । उनीामथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढेको छैन ।
विगतमा अरु धेरै प्रहरी अधिकारी यस्तो काण्डमा परेका छन् । बलात्कार आरोप लागेपछि तीन वर्षअघि डिएसपी राजकुमार खिउजुले राजीनामा दिएका थिए । पछि उनी पक्राउ परे । युवतीलाई प्रभावमा पारी बयान फेर्न लगाएर पछि अदालतबाट सफाई पाएका थिए ।

सेवाग्राहीका रुपमा प्रहरी वृत्त चापागाउँ पुगेकी युवतीलाई सहयोगको बहानामा उनले यौन शोषण गरेको पीडितको भनाइ थियो । पदमै हुँदा पूर्वडिआइजी सौरभ राणालाई पनि बलात्कार मुद्दा परेको थियो ।

उनको इटहरीकी एक महिलासँग हिमचिम थियो । विवाद भएपछि ती महिलाले बलात्कारको जाहेरी दिएकी थिइन् । घटना भएको भनिएको बेला एसएसपी राणा काठमाडौंमा भएको पुष्टि भएपछि मुद्दा नचलाउने निर्णय गरिएको थियो ।

त्यस्तै, एआइजी हुँदा कल्याण तिमल्सिनामाथि समेत गम्भीर आरोप लाग्यो । आफुलाई यौन शोषण गरेको भन्दै एक महिला हवल्दारले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएकी थिइन् । जसमा उनले १७ लाख रुपैयाँ दिएर गोप्य रुपमा घटना मिलाएका थिए ।

नेपाल प्रहरीभित्र विगतमा अनेक यौनकाण्ड भएका थिए । तर, त्यतीबेला गोप्य रुपमा मिलापत्र हुन्थ्यो । हाकिमविरुद्ध उजुरी गर्न महिला प्रहरीहरू डराउथे । पछिल्लो समय भने उजुरी गर्ने प्रवृत्ति बढेको छ । प्रहरी नेतृत्व पनि यो विषयमा निर्मम बन्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]