२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कांग्रेस मधेश प्रदेशको संचार तथा प्रचार विभागमा पर्साबाट गुप्ता र पौडेल सदस्यमा मनोनीत

Logo
प्रकाशित बिहिबार, साउन २५, २०८०

 

(ABC-Sanchar)

पर्सा । नेपाली काँग्रेस मधेश प्रदेशका सभापतिले नितेश कुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन् । मधेश प्रदेशका भौतिक पुर्वधार तथा यातायात मन्त्री एवम नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव द्वारा हस्ताक्षरित पत्रमा पर्सा जिल्लाबाट राहुल गुप्ता र निलिमा पौडेल मनोनीत भएका छन ।

पर्सा जिल्लाबाट मनोनीत भएका राहुल गुप्ता प्रेस युनियन नेपाल मधेश प्रदेशको लेखा सदस्य तथा अनलाइन मिडिया प्रहार डेलि डट कमका संचालक एवम प्रकाशक हुन।त्यस्तै निलिमा पौडेल प्रेस युनियन नेपालको केन्द्रिय सदस्य एवम नेपाल पत्रकार महासंघ पर्सा कि जिल्ला सदस्य हुन । हाल उनी पर्सा जिल्लाको चर्चित रेडियो बिरगंजमा कार्यरत रहेकी छिन ।

नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहितको धारा ११ क (ख) बमोजिम नितेश गुप्ता प्रमुख रहने गरी नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन।त्यस्तै उप-प्रमुखमा सप्तरीका जाल्पाना कुमारी सदार रहेकी छिन ।

त्यस्तै सदस्यहरु मा महोत्तरीबाट सन्तोष सिंह सप्तरी बाट सुधा देवी, ललिता साह सिराहा बाट विनोद मण्डल, विंदु सिंह त्यस्तै सर्लाहीबाट निकेश त्रिपाठी, रोशनकुमार साह ,धनुषा बाट कमल साह,बारा बाट सन्दीप यादव, सिकिन्द्र पासवान, निरंजनकुमार साह ,अन्जली गुप्ता ,रौतहट बाट प्रभातकुमार झा, सागर हुमागाई, राजेश्वर पाण्डे मनोनयन गरिएको नेपाली कांग्रेसका मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]