२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेका ६ जना युवाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २५, २०८०


ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका १८ शङ्खे पिपल नजिक ऐ.१३ लाहुरेडाँडा बस्ने नर बहादुर पुनको छोरा बर्ष १८ को तिर्थ बहादुर पुनलाई अपरिचित अं.३/४ जना व्यक्तिहरुको समुहले धारिलो हतियार (खुकुरी) प्रहार गरि टाउको, अनुहार र बाँया हातको कान्छी औँला बाहेक सबै औँलाको हड्डी काटिएको, औँला हातमै रही गम्भिर घाइते भएको अबस्थामा वडा प्रहरी कार्यालय घोराही दाङको प्रहरी टोलीले फेला पारी तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको लागि पठाइएकोमा थप उपचारका लागि मिति २०८०।०४।११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएको र हालसम्म पनि सोही अस्पतालमा उपचार भईरहेको घटना सम्बन्धमा तत्काल खुकुरी प्रहार गर्ने व्यक्तिहरु र खुकुरी प्रहार गर्नुको कारण समेत नखुलेकोमा वारदात स्थल र घटना प्रकृतिलाई विविध प्राविधिक तथा मानविय तवरबाट अनुसन्धान एवं सो घटना केन्द्रित सर्च अपरेसन चलाई फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा १४ दिन पश्चात मिति २०८०।०४।२४ गते अनुसन्धानको क्रममा खुल्न आएका सो घटनामा संलग्न निम्न व्यक्तिहरूलाई निजहरुको घर ठेगानामा फेला पारी रितपुर्वक पक्राउ गरी ‘पिडितबाट ज्यान मार्ने उद्योग’ सम्बन्धि कसुरमा जाहेरी लिई सम्मानित दाङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ परेका व्यक्तिहरुको विवरण:-

(क) जिल्ला दाङ घोराही उप-म.न.पा.वडा नं. १८ बस्ने वर्ष १७ को परिवर्तित नामथर ५६ (०८०।०८१)घोराही ३३(क) ।
(ख) ऐ.ऐ.वडा नं. १४ गणेश मन्दिर टोल बस्ने वर्ष १६ को परिवर्तित नामथर ५६ (०८०।०८१)घोराही ३३(ख) ।
(ग) ऐ.बंगलाचुली गाँउपालिका वडा नं. १ जुम्लेपानी घर भई हाल जिल्ला दाङ घोराही उप-म.न.पा.वडा नं. १८ बस्ने वर्ष २० को को देबेन्द्र कवर मगर ।
(घ) जिल्ला दाङ घोराही उप-म.न.पा.वडा नं.१८ भंगीटोल बस्ने वर्ष १७ को परिवर्तित नामथर ५६ (०८०।०८१)घोराही ३३(ग) ।
(ङ) ऐ.ऐ.वडा नं. १९ सैघा घर भई हाल ऐ.ऐ.वडा नं. १८ बस्ने वर्ष १७ को परिवर्तित नामथर ५६ (०८०।०८१)घोराही ३३(घ) ।
(च) ऐ.ऐ. वडा नं.१८ मसिना बस्ने वर्ष १५ को परिवर्तित नामथर ५६ (०८०।०८१)घोराही ३३(ङ) ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]