२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली कागजपत्र बनाएर भारतबाट भिक मागिरहेका १२ नाबालिग सहित २४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २७, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । नक्कली कागजपत्र बनाएर प्राकृतिक विपत्तिको शिकार भएको भन्दै भारतबाट आएर भिक मागिरहेका १२ नाबालिगसहित २४ जना भिखारीलाई नेपाल प्रहरीले पक्राउ गरी फिर्ता (भारत) पठाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको नेपालतर्फको बिर्तामोडको सडकमा भीख माग्ने क्रममा राजस्थानका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । काखमा छ महिनाको बच्चासहित कैयौँ साना बालबालिकालाई साथमा राखेर विभिन्न बहाना बनाएर पैसा मागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले भारतमा प्राकृतिक प्रकोपको सिकार भएको र विपद्का कारण घरबार गुमाएको दाबी गरी नक्कली कागजात बनाएका थिए । प्रहरीले बिर्तामोड नगरपालिकाको सहयोगमा बिर्तामोड बसपार्कमा भाडाको कोठामा समूह बनाएर बस्दै आएको फेला पारेको हो ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको गाडीमा कङ्करभिट्टाको मेची पुलबाट सीमापार लगिएको थियो । नेपालमा चाडपर्वको सिजन लाग्ने वित्तिकै सीमापारबाट भिखारीहरुको संख्या नेपालमा बढ्न थालेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]