२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नगरपालिकामा अख्तियारको छापा

Logo
प्रकाशित आइतबार, साउन २८, २०८०

(ABC-Sanchar)
धनुषा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा छापा मारेको छ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको रकम अनियमिततालगायत आरोपमा उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो नगरपालिकामा छापा मारेको हो।

वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै शनिबार अख्तियारको बर्दिबास कार्यालयमा उजुरी परेको थियो।

स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको उजुरीका आधारमा अख्तियारले छापा मारेको हो।

वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमका लागि छुट्याइएको चार लाख रूपैयाँ बजेट कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नै नगरी रकम अनियमितता गरेको उजुरी परेको हो।

त्यस्तै वडा नं. ९ मा स्ट्रिट लाइट जडानका लागि विनियोजित ८ लाख रूपैयाँमध्ये ७ लाख ९२ हजार ९२१ रूपैयाँ कमसल काम गरी भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सीपमूलक तालिमका लागि विनियोजित ४ लाख रूपैयाँमध्ये ३ लाख ९८ हजार ३२५ रूपैयाँ कार्यक्रम नै नगरी भुक्तानी लिएको, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाख रूपैयाँको बिल भरपाई पेस गरी १ लाख ७८ हजार रूपैयाँ भुक्तानी लिएको उजुरीमा उल्लेख छ।

त्यस्तै वडा नं. ९ मा दुई इन्चको कृषि पम्पिङ सेटका लागि छुट्याइएको ५ लाख रूपैयाँमध्ये ४ लाख ८५ हजार ३२ रूपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूको सिकाइ उपलब्धिका लागि रामजानकी आधारभूत विद्यालय, कटरैत तथा आधारभूत विद्यालय, अन्दुपट्टीका लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी ९ लाख ९६ हजार ६६० रूपैयाँ भुक्तानी लिएको उजुरीमा आरोप लगाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]