२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

समाजमा शान्ती सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन डिएसपी रिजालको निर्देशन

Logo
प्रकाशित बुधबार, साउन ३१, २०८०

ABC (क्राईमबिट)

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालको उपस्थितिमा मातहतका युनिट ईन्चार्जहरु सँग नियमित मिटिङ (बैठक) अन्तर्गत कार्यालयका समस्या तथा भए गरेका काम कारवाहीको प्रगती विवरण लगायत आ-आफ्नो इलाकामा हुन सक्ने आपराधिक गतिविधीलाई समयमै रोकथाम तथा नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरी समाजमा शान्ती सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने लगायत निम्न विषयवस्तुहरु माथी निर्देशन दिनु भएको ।

निम्न
१) सेवाग्राहीसँग शिष्ट तथा सभ्य रुपमा प्रस्तुत भई समस्याहरुको तत्कालै Response गरी कानून बमोजिम गर्ने तथा संगठनको नीति अनुरुप प्रहरीको आचरण/व्यवहार हुनुपर्ने ।
२) वर्षातको समयमा विपदजन्य घट्ना ( पहिरो, बाढी) घट्न सक्ने भएको हुनाले समयजमै सूचना संकलन गरी तत्काल स्थानिय तहसंग समन्वय र सहकार्य गरी खोजतलास तथा उद्धारमा खटिने ।
३) आ-आफ्नो इलाकामा हुन सक्ने गाँजा खेतीको बारेमा सुचना संकलन गरी गाँजा फडानी अभियान सञ्चालन गरी भए गरेका गतिविधीहरुको जाहेरी पठाउने ।
४) आर्थिक प्रलोभनबाट प्रभावित नभई “शुन्य शहनशिलताको सिद्धान्त” कार्यान्वयन गर्ने ।
५) सामाजिक विकृति तथा अपराधहरुलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा लक्षित वर्ग, समुदाय सम्म लैजाने ।

६) ट्राफिक प्रहरीले चेकिङको दौरानमा सवारी साधनको नम्बर प्लेट, कागज पत्र दुरुस्त छ छैन भनि चेकिङ गर्नुका साथै क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र कानून विपरितका कार्यहरु गर्ने सवारी साधनलाई तुरुन्त कारवाहीको दायरामा ल्याउने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]