०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बिरगंजको बिठाकुरराममा पैसा लिएर परीक्षा पास गराउने धन्दाको अर्कोखुलासा

Logo
प्रकाशित शनिबार, भाद्र ०२, २०८०


ABC-Sanchar
पर्सा । बिरगंज त्रिभुवन विश्वविद्यालयको परीक्षामा रकम लिएर विद्यार्थीलाई पास गराउने धन्दाको फेरि अर्को खुलासा भएको छ ।शुक्रबार भएको बिबिएस दाश्रो वर्षको लेखा विषयको परिक्षामा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षार्थीबाट रकम लिएर प्रश्नपत्र आउट गरी उत्तर मोबाइलको ह्वाट्सअप ग्रुपमा पठाउने गरिएको रहस्यको खुलासा भएको हो ।

यसअघि गत बुधबारपनि ठाकुरराम क्याम्पसकै विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउनका लागि उत्तरपुस्तिका (कापी) नै हेरफेर गर्दै गरेको अवस्थामा प्रहरीले क्याम्पसको परीक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र परिक्षा केन्द्रका केन्द्राध्यक्ष विनोद स्वर्णकारलाई रंगेहात पक्राउ गरेको थियो ।
शुक्रबार तेश्रो दिनको परीक्षामा भने मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर लेखिरहेका परीक्षार्थीहरुबाट १ सय ५० वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसको बिबिएस दोश्रो वर्षको परीक्षा गत बुधबारदेखि वीरगन्जस्थित त्रिजुद्ध माविमा चलिरहेको छ । परीक्षाको तेश्रोदिन शुक्रबार लेखा विषयको परीक्षा थियो । परीक्षा चलिरहेका बेला मोबाइलको ह्वाट्सअप ग्रुपबाट उत्तर सारिरहेको अवस्थामा प्रहरीले परीक्षार्थीहरुबाट १५० थान मोबाइल नियन्त्रणमा लिएको हो ।

प्रहरीले एक जना परीक्षार्थीलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ११ घर भएका ठाकुरराम क्याम्पसकै परीक्षार्थी सिद्धार्थ चौधरी रहेका छन् । चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

शुक्रबार मोबाइलको ह्वाट्सअप ग्रुपबाट उत्तर सार्ने परीक्षार्थीहरुबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइलहरु भने परिक्षा केन्द्रका केन्द्राध्यक्ष नवीन श्रीवास्तवले सम्बन्धित विद्यार्थीहरुलाई नै फिर्ता दिएका छन् ।

जबकि त्रिभुवन विश्वविद्यालय परीक्षा नियमावलीमा परिक्षाहल भित्र परीक्षार्थीले परीक्षाको मर्यादा भंग हुने किसिमको कुनै गतिविधी गरेको फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा नै रद्ध गर्नसक्ने वा कारबाहीका लागि त्रिवि परीक्षा बोर्डमा सिफरिस गर्न सक्ने अधिकार परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई रहेको ठाकुरराम क्याम्पसकै क्याम्पस प्रमुख रञ्जित यादवले बताए ।

तर केन्द्राध्यक्ष मिश्रले भने मोबाइल्को ह्वाट्सअप ग्रुपमा आएको उत्तर उत्तरपुस्तिकामा सारिरहेकै अवस्थामा भेटिएका परीक्षार्थीहरुलाई कुनै कारबाही नगरी परिक्षा सकिएपछि मोबाइलहरु फिर्ता दिनुले उनको भूमीकामाथि पनि प्रश्न तेर्सिएको छ ।
मिश्र स्वंयले पनि परिक्षा हलभित्रै परीक्षार्थीले ह्वाट्सअप ग्रुप मार्फत मोबाइलमा आएको उत्तर सारिरहेको अवस्थामा प्रहरीले १ सय ५० थान मोबाइल नियन्त्रणमा लिएर आफुलाई जिम्मा लगाएको स्वीकारे । तर परीक्षा सकिएपछि ती मोबाइल सम्बन्धित परीक्षार्थीहरुलाई फिर्ता गरिदिएको उनले बताए ।
शुक्रबार त्रिजुद्ध माविमा सञ्चालित ठाकुररामको परिक्षामा परीक्षार्थीहरुबाट मोबाइल नियन्त्रणमा लिएर केन्द्राध्यक्षको जिम्मा लगाएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले भने,‘ मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर सारिररहेको भेटिएपछि १५० थान मोबाइल नियन्त्रणमा लिएर हामीले केन्द्राध्यक्षलाई जिम्मा लगायौं , एक जना परीक्षार्थीलाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्यायौं । त्यसपछि केन्द्राध्यक्षले के गर्नु भयो ? त्यसबारे जानकारी भएन ।

जिुद्ध मावि परिक्षा केन्द्रबाट शुक्रबार नियन्त्रणमा लिइएका मोबाइलको प्रारम्भिक अनुसन्धान गर्र्दा उक्त ह्वाट्स ग्रपुमा १ हजार २२ जना परीक्षार्थीको मोबाइल नम्बर जोडिएको पाइएको प्रहरी निरीक्षक शिवाकोटीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त ह्वाट्सअप ग्रुपको एड्मीन दुई जना छन् । दुवै एड्मीनको मोबाइल नम्बर एनसेलको छ । अनुसन्धान प्रभावित हुने भएकाले प्रहरीले एड्मीनको मोबाइल नम्बर खुलाउन चाहेको छैन । प्रहरी निरीक्षक शिवाकोटीले भने,‘ एड्मीन रहेका दुवै नम्बर हामीले साइबर ब्युरोमा पठाइसकेका छौ । ब्युरोको अनुसन्धानमा सबै कुरा खुल्छ ।

प्रहरी श्रोतका अनुसार, उक्त ह्वाट्सअप ग्रुपको एड्मीन बनेर चलाएका व्याक्तिले प्रत्येक विषयको परीक्षा हुने दिनको लागि परीक्षार्थीबाट ३ देखि ५ हजार रुपैयाँ लिएर ग्रुपमा परीक्षार्थीको मोबाइल नम्बर जोड्ने गरेका छन् ।

परीक्षा सुरु भएलगत्तै ग्रुपमा जोडिएको परीक्षार्थीको मोबाइलमा प्रश्ननपत्र अनुसार उत्तर क्रमश आउन सुरु भइ हाल्ने रहेछ , एक प्रहरी अधिकृतले भने,‘ यसको मतलब प्रश्नपत्र परीक्षाको एक वा दुई दिन अगावै आउट भएको हुनुपर्छ । त्यसैले त परीक्षाहलमा परीक्षा सुरु हुने बित्तिक्कै मोबाइलको ह्वाट्सअप ग्रुपमा उत्तरहरु लेखेर आउन सुरु भइ हाल्दो रहेछ ।

काठमाडौंबाट त्रिभिुवन विश्वविद्यालयको परीक्षा बाोर्डले पठाएका प्रश्नपत्र सम्बन्धित क्याम्पसले प्रहरीको सुरक्षामा नराखी आफैंले राख्ने गरेको छ । परीक्षाको दिनमात्रै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा केहि समय मात्र पहिले ल्याएर प्रश्नपत्रको खाम खोल्ने गरिएको पाइएको ती प्रहरी अधिकृतले बताए ।क्याम्पसमा प्रश्नपत्र राखिएकै समयमा त्यहाबाट आउट गर्ने गरिएको आशंका ती प्रहरी अधिकृतको छ ।

उनले भने,‘ ठाकुरराम क्याम्पसमा रकम असुलेर परीक्षामा पास गराउने धन्दा संस्थागत रुपमै चल्दै आएको रहेछ । यो धन्दा चलाउने एउटा गिरोह नै छ ।त्यहि गिरोहका दुई जनालार्य गत बुधबार पपक्राउ गरिसक्यौ । त्यो गिरोहमा अरु को को संलग्न छन् भनेर हामीले अनुसन्धान गरिरहेका छौं । धेरै जनाको त पहिचानपनि भइसकेको छ । जरैसम्म पुग्नु पर्ने भएकाले उनिहरुको नाम अहिले नखुलाइएको हो ।

यसअघि गतबुधबार ज्ञिजुद्ध मावि परिक्षा केन्द्रबाटै पक्राउ परेका ठाकुरराम क्याम्पसका परिक्षा शाखाका पूर्व प्रमुख यादव र परिक्षा केन्द्रका केन्द्राध्यक्ष स्वर्णकार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!