२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव को.को जादै . र आउदै

Logo
प्रकाशित आइतबार, भाद्र ०३, २०८०

.

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट निर्णय हुन भने बाँकी रहेको छ ।

स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीलाई महिला बालबालिका सेलमा पठाउने गरी प्रस्ताव गरिएको छ ।

यस्तै उनको ठाउँमा सोमेन्द्र सिंह राठौरलाई पठाउन भनिएको छ ।

यस्तै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीलाई आईजीपीको कार्यालयमा पठाएर त्यहाँ रहेका भूपेन्द्र खत्री काठमाडौंमा सरुवा प्रस्ताव गृहमा पुगेको स्रोतले जनाएको छ ।

त्यसैगरी ललितपुरमा सीआईबीका दिनेश आचार्यलाई पठाएर त्यहाँ रहेका सिद्धि विक्रम शाह सीआईबीमा ल्याउन भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]