२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सर्लाहीबाट २ थान हतियारसहित सशस्त्र प्रहरीले २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०३, २०८०

ABC (क्राईमबिट)
सर्लाही । बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राती पर्सा गाउँ पालिका-६ स्थित सिमा इलाकामा भारत बाट नेपाल तर्फ आउंदै गरेका ब्यक्तिलाइ हतियार सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरु सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादब र जीवन राय यादब रहेका छन् ।

भारततर्फ बाट आउंदै गरेको बिआर १९ जिए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनिहरुको साथबाट ७.६५ मिमि पेस्तोल एक थान, म्यागजिन १ थान र सोको गोलि १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोलि समेत बरामद भएको छ ।

उनिहरुको साथबाट बरामद भएको नगद ११ हजार ६८०, भारतिय बैंकको एटीएम कार्ड तथा मोटरसाइकल सहित आबश्यक कारबाहिको लागि रातिनै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]