२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मोबाइलबाट पैसा भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दो

Logo
प्रकाशित बुधबार, भाद्र ०६, २०८०


(ABC-Sanchar)
काठमाडौं । मोबाइलमार्फत बैङ्किङ कारोबार गर्न तथा कारोबारको भुक्तानीमा सर्वसाधारणको आकर्षण बढेको छ । स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैङ्क, वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण प्रयोगकर्ताको सङ्ख्यासँगै कारोबार रकम पनि बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०८० असारमा मोबाइल बैङ्किङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षअघिको तुलनामा मोबाइल बैङ्किङ कारोबार ४२ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा क्यूआर कोडमार्फतको भुक्तानी १०७ दशमलव ५४ र वालेटको १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैङ्कले बताएको छ ।

एक वर्षको अवधिमा मोबाइल बैङ्किङका प्रयोगकर्ता मात्र ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैङ्किङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।

हाल बैङ्क, वित्तीय संस्थाका अतिरिक्त विभिन्न भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक कम्पनीले समेत मोबाइल भुक्तानी सेवा सञ्चालन गरिरहेका छन् । विद्युतीय भुक्तानी बढाउन राष्ट्र बैङ्कले निजी कम्पनीलाई समेत मोबाइल वालेट सञ्चालनको अनुमति दिँदै आएको छ । हाल २७ ओटा कम्पनीले वालेट सेवा सञ्चालन गर्छन् ।

यसै गरी नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ महामारीपछि विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्दै कारोबारको सीमा बढाउँदै लगेको छ ।

हाल मोबाइल बैङ्किङबाट प्रतिदिन ३ लाख, बैङ्क खाताबाट वालेटमा तथा वालेटबाट बैङ्क खातामा प्रतिदिन २ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न पाउने सीमा छ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाखको सीमा तोकिएको छ ।

विदेशबाट रेमिट्यान्स (विप्रेषण) पनि सिधै वालेटमा पठाउन सकिने सुविधा दिएको छ ।

हाल बैङ्कहरूले मोबाइल बैङ्किङमार्फत सम्पूर्ण बैङ्किङ सेवा र कारोबार गर्न पाउने सुविधा दिएका छन् । अर्को बैङ्क खातामा रकम भुक्तानीदेखि बजारमा किनमेल, मोबाइल, टेलिफोन, इन्टरनेट, खानेपानी लगायत बिल तिर्न पनि मोबाइल बैङ्किङ तथा वालेट प्रयोग गर्न सकिन्छ ।

क्यूआर कोडलाई प्रोत्साहन गर्न राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले दर्ता नभएका व्यवसायीका लागि समेत क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैङ्क तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था छ । यसै गरी स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजारसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति–खुद्रा व्यापारीलाई समेत आधिकारिक परिचयपत्रको आधारमा उसको नाममा मर्चेन्टका रूपमा क्यूआर कोड उपलब्ध गराउन सकिने प्रावधान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]