२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

तुल्सीपुरमा स्पेलिङ कन्टेस्टमा हाम्रो पहुँचका सदिक्षा र निधित प्रथम

Logo
प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०


(मनिषा बिक)
दाङ । तुल्सीपुर स्पेलिङ कन्टेस्टमा हाम्रो पहुँच माध्यमिक विद्यालयका सदिक्षा शर्मा र निधित केसी प्रथम भएका छन् । निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) तुलसीपुुरले आयोजना गरेको ‘स्पेलिङ कन्टेस्ट’ मा हाम्रो पहुँच माविका सदिक्षा र निधितले प्रथम स्थान हासिल गरेका हुन् ।

२६ विद्यालय सहभागी प्रतियोगितामा २५ विद्यालयका प्रतियोगीलाई पछि पारेर हाम्रो पहुँच माविले प्रथम स्थान हासिल गरेको प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो । प्रतियोगितामा लिटिल हेभन दोस्रो, अम्मर मावि तेस्रो र सरस्वती मावि सान्तोना भएका छन् ।

प्रतियोगितामा जित हासिल गर्नेले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्याब्सनका नगर अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि अधिकारीले प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । यस्तै प्याब्सनका जिल्ला सदस्य हरिपं्रसाद वली र विश्वमणी देवकोटाले विद्यार्थीलाई किताबी ज्ञानसंगै बाहिरी ज्ञानको विकास गराउनुपर्ने बताउनुभयो । त्यस अवसरमा एसईईमा उत्कृष्ट जिपिए ल्याउने तुलसीपुर क्षेत्रका विद्यार्थीलाई सम्मान गरिएको छ ।

उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णु योगीले गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]