२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रौतहटमा शेखर कोइराला निकट महिला संघको समानान्तर कमिटी घोषणा पछी बिरोध सुरु

Logo
प्रकाशित शनिबार, भाद्र ०९, २०८०


(ABC-Sanchar)
रौतहट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा सभापति मनोनयन गरेपछि त्यसको विरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो समानान्तर कमिटी गठन गर्न सुरु गरेका छन । रौतहट जिल्ला मा महिला संघ नेपाल को सभापतिमा केन्द्रिय निर्देशन अनुसार मनोनयन भइ सकेको भएपनी शेखर कोइराला पक्षले समानान्तर कमिटी गठन गरेका छ्न ।नेपाली कांग्रेस का वरिष्ठ नेता रहेका डा शेखर कोइराला को ठाडो निर्देशनमा विधान विपरित रौतहटमा महिला संघ नेपालको समानान्तर कमिटी गठन गर्दै सभापतिको जिम्मेवारी भिवनी गिरि लाई तोकिएको छ ।

नेपाली कांग्रेस को महिला संघ नेपाल को बिधान को अधिनमा रहि केन्द्रिय सभापति रहेकी उषा राउत मिश्र ले हरेक जिल्ला को अनुगमन मुल्यांकन गरेर संगठन निर्माण गर्नका निम्ति काम गर्दै आएका महिलाहरुको हरेक राजनीति परस्थिति र समस्या संग जुध्न सक्ने सक्षम योग्य नेत्रीहरुको खोजी गरि सभापतिको जिम्मेवारी दिएको मा त्यस्को बिरोध गर्दै शेखर कोइराला पक्ष ले आफ्नो मनोमानी ढंग ले समानान्तर कमिटी गठन गरेको आरोप लागेको छ । अहिले महिला संघ नेपालको केन्द्रिय कार्य समितीको निर्देशन अनुसार सबै महिला संघका सभापतिहरु आ- आफ्नो जिल्लामा संगठन निर्माण मा ब्यस्त भएको बेला अनावश्यक कुरागरी समानान्तर कमिटी गठन गर्नु भनेको नेपाली कांग्रेस लाई कमजोर बनाउनु हो महिला संघ नेपाल को रौतहट जिल्लाकि जिल्ला सभापती ले भनिन् ।

महिला संघमा यस्तो नाङ्गो हस्तक्षेप गर्नु पार्टीलाई कमजोर बनाउने देखिएको छ । नेपाली कांग्रेस महिला संघका महिला सभापतिहरुले रौतहट अध्यक्ष अन्जु झाले माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]