
ABC (क्राईमबिट)
कपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग एवं कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको पत्रादेशानुसार कपिलवस्तु
जिल्ला प्रहरी कार्यालयवाट ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको कार्यालय प्रमुखको रुपमा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक शैलेश्वरी बोहारालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी
प्रेम बहादुर बस्नेत तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी परिवारबाट मायाको चिनो प्रदान गरी आगामी कार्यकालको सफलताको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न गरि भब्य बिदाई गरेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।