०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सशस्त्र एसपी सुमन थपलियाको स्मृतिमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा अक्षयकोष स्थापना

Logo
प्रकाशित बिहिबार, भाद्र १४, २०८०


(ABC-Sanchar)
पर्सा । वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको प्रमुखका रूपमा कार्यरत तत्कालीन प्रहरी उपरीक्षक (एसपी) स्वर्गीय सुमन थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधवार स्वर्गीय थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो ।

बुधवार वीरगञ्जमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू बिच आयोजित छलफल कार्यक्रमका क्रममा सङ्घले थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो ।

एसपी थपलियाको दुई साताअघि हृदयाघातबाट कारण निधन भएको थियो । बाराको गढीमाईबाट साइकल चलाएर आएका थपलिया अचानक लडेका थिए । त्यसपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित मेडीसिटी वयोधा अस्पतालमा लागिएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालका अनुसार वीरगञ्ज आएको छोटो समय मै एउटा असल, इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको पहिचानका रूपमा आफूलाई स्थापित गर्दै स्थानीयहरूसँग छुट्टै सम्बन्ध बनाउन सफल थपलियाको स्मृतिमा अक्षय कोषको स्थापना गरिएको छ । कोषको परिचालन पछि बन्ने निर्देशिका बमोजिम गरिने उनले जानकारी दिए ।

छलफलका क्रममा सङ्घका अध्यक्ष अग्रवालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरी अधिकृतहरूका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न आग्रह गरे । अभिमुखीकरण कार्यक्रम मार्फत उनीहरूलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरूका बारेमा जानकारी गराउन उनको सुझाव थियो ।

त्यस्तै पहिला जस्तै औद्योगिक क्षेत्रको सुरक्षाका लागि सुरक्षा बलको पुनः स्थापना गर्न तथा स्थलगत रूपमा वीरगञ्ज नाका हुँदै नेपाल आउने भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न, पर्यटकका लागि आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न र डिजिटल सेक्युरिटीको व्यवस्था गर्नसमेत अग्रवालले आग्रह गरे ।

महानिरीक्षक अर्यालले सङ्घबाट प्राप्त सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकाले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरूपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए । सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरूलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरूका बारेमा जानकारी गराउनका लागि सीमावर्ती क्षेत्रका उद्योग वाणिज्य सङ्घहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!