२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एसपी र डिएसपीको सरुवाको चर्चासँगै शक्ति केन्द्रमा धाउने चलखेल बढ्‌दो ?

Logo
प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले छिटो प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवाको तयारी थालेसँगै मालदार ठाँउ हत्याउनका लागि शक्ति केन्द्रमा दौडधुप शुरु भएको छ ।

नेपाल प्रहरीमा इमान्दार र संस्थागत कार्य गर्नेको भन्दा पैसा उठाउन र बुझाउन सक्नेले मात्रै इन्चार्ज पाउदै आएको गुनासो प्रह‌री अधिकत‌ले गर्ने गरेका छन् । पटक पटक इन्चार्ज मात्र होइन मालदार ठाँउ पाएर बदनामी कमाएका अधिकृतहरु यति बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठका मान्छेहरुसँग मोलमोलाईमा लागेको बुझिएको छ । विभिन्न महंगा रेस्टुरेन्टका गोप्य कोठामा मोलमोलाई हुने गरेको समाचार स्रोत बताउछ ।

सुनसरी, बारा, कपिलवस्तु, पूर्वी नवलपरासी, इलाम, धनकुटा, उदयपुर, नुवाकोट कास्की, भक्तपुर र डोटी जिल्लाका इन्चार्जको एक वर्षे अवधि नाघेकोले सरुवा गर्न लागेको हो। बारा, कपिलवस्तु, कास्की, लगायतका मालदार जिल्लाको कमाण्ड लिनका लागि इमान्दार भन्दा पटक पटक बदनामी कमाएका एसपीहरुको ज्यादै दौडधुप चलेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नातेदार को हुन् र उसले भनेको उनले सुन्छन भनेर आफू मात्र नभएर कैयौं एसपीले आफन्तलाई समेत लगाएका छन। यसैगरी प्रहरी नायव उपरीक्षक (डिएसपी) को समेत एकै पटक सरुवा हुने संभावनाले कैयौं डिएसपी पनि माओवादी नेताको ढोका चाहार्न व्यस्त छन्। विशेष गरी काठमाडाैंका विभिन्न वृत्तमा जानका लागि डिएसपीहरु थैलीभेटी बोकेर शक्ति केन्द्र धाई रहेको समाचार स्रोतको दावी छ। काठमाडाैंका बौद्ध लगायतका वृत्तका लागि ठूलै कसरत गर्नु पर्ने भएकोले त्यहाँ गएर उठाउन हिम्मत राख्नेहरु बढी दौड‌धुप‌मा लागेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]