२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तीज पर्वलाई तडकभडक र खर्चिलो नबनाउन जिल्ला प्रशासनको आग्रह

Logo
प्रकाशित शनिबार, भाद्र १६, २०८०


(ABC-Sanchar)
कपिलवस्तु । विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सूचना निकाल्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गरेका हुन्।

यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिइएको छ।

सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत सङ्घ नागरिक समाज संचारकर्मी, महिला सञ्जाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ। त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लावासीलाई सचेत बनाएको हो।

प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने/गरिने समेत जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]