२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पानीमुनिको गहिराइमा पुगेर खोजर उद्धारमा गोताखोरको जनशक्ति थप्दै सशस्त्र प्रहरी

Logo
प्रकाशित सोमबार, भाद्र १८, २०८०


ABC (क्राईमबिट)
कोशी । सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो ।

कोशी प्रदेशमा विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरूको खोजीमा परिचालित हुने गोताखोरको सङ्ख्या ६ जना मात्रै छ । सोही सङ्ख्यालाई बढाउन तालिमको आयोजना गरिएको बराह बाहिनी पकलीले जनाएको छ । तालिम पश्चात् तयार हुने दक्ष जनशक्ति आवश्यकताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बराह बाहिनीको विश्वास छ ।


कार्यक्रमलाई सम्बोधनका क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन दक्ष, साहसिक, समर्पित र व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको बताए ।

पोखरेलले नेपालमा घट्ने विभिन्न जटिल घटनाहरूमा खोज तथा उद्धार गर्नुपर्ने आवश्यकतालाई पूरा गर्नका लागि विपद् प्रतिकार्य योजना अभिवृद्धि गर्ने कार्य अनुरूप प्रत्येक प्रदेशमा एक गोताखोर टिम उत्पादन गर्ने संगठनको नीति रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]