२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ ०० ट्रली थपिए

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०

(ABC-Sanchar)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज ट्रली बिग्रेकाले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरूबाट भएपछि नयाँ ट्रली खरिद गरिएको छ ।

अधिकांश ट्रली ब्रेक नलाग्ने यसका कारण पटकपटक दुर्घटना हुने गरेको गुनासोलाई सम्बोधन गर्दै नयाँ ट्रली खरिद गरिएको हो ।

कार्यालयले अन्तर्राष्ट्रिय आगमनतर्फ हाल खरिद गरिएका पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ । यसको सञ्चालनसँगै विगतमा यात्रुहरूले ट्रलीबारे गर्ने गरेको गुनासोको सम्बोधन हुनेछ ।

पुराना ट्रलीको लागि मर्मत पार्ट्स समेत दुई हप्तामा आइपुगे विमानस्थल प्रमुख प्रताप तिवारीले जनाएका छन् । साथै आगमनतर्फको आईएमएसद्वारा सञ्चालित ट्रलीलाई समेत छिटो मर्मत गराउन निर्देशन दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]