२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

व्यापारीलाई टर्चर दिएर कर अधिकृतले पैसा असुलेको आरोप पैसा अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


ABC (क्राईमबिट)
बाँके । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृतद्वय दीपक पौडेल र खगेन्द्र सापकोटाले ‘टर्चर’ दिएर पैसा असुलेको एक व्यापारीले आरोप लगाएका छन्। कर अधिकृतको निरन्तर टर्चरले आफूले व्यवसाय नै बन्द गरेको उनले बताएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गुम्राहा चोक निवासी ३० वर्षीय युवा व्यापारीले आफ्नो व्यवसाय बन्द गर्नु परेको हो।

व्यवसाय सञ्चालन गर्ने क्रममा आफूबाट अन्जानमा भएको सामान्य त्रुटिलाई समातेर कर अधिकृत पौडेल र सापकोटा आएर महिनौंसम्म टर्चर दिएको उनले सुनाए।

श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै गरेको अवस्थामा सोमबार बिहान कर अधिकृत सापकोटाको झोलाबाट श्रोत नखुलेको नगद २६ लाखसहित प्रहरीले पक्राउ गरेको थियो। अर्का कर अधिकृत भने विमानस्थल परिसरबाटै फरार भएका थिए। बाँके प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार फरार रहेका कर अधिकृत पौडेल सोमबार बेलुकासम्म पनि जिप्रका बाँकेको सम्पर्कमा आएका छैनन्।

नेपालगन्जमा लाखौं रुपैयाँसहित यिनै कर अधिकृत पक्राउ परेको समाचार सुनेपछि पीडित व्यापारीले आफ्नो पीडा पोखेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आक्रोश व्यक्त गरेका छन्।

आफ्नै देशमा केही गरौँ भन्ने सोचका साथ व्यापार, व्यवसायमा लागेका उनी कर अधिकृतको टर्चरले छोटो समयमै निराश बन्न पुगे। अहिले उनको किराना पसल बन्द छ, भने विदेश जाने तयारी गरिरहेका छन्। आफूलाई दुःख दिएका व्यक्ति नै लाखौं रुपैयाँसहित नेपालगन्ज विमानस्थलमा पक्राउ परेको सुनेपछि आफ्नो मनमा अहिले शीतलता छाएको उनी बताउँछन्।

‘धेरै पटक कार्यालयमा गएर रोई कराई गरे, यति सानो कुरामा मलाई दुःख दिएर के गर्नु हुन्छ ?, मैले व्यापार सिक्दा सिक्दै गल्ती गरे, जति गल्ती गरेको छु, त्यति नै कारबाही गर्नुस्, भनेर मैले धेरै बिन्ती गर्दा पनि मानेनन्,’ उनले दुखेसो पोख्दै भने। कर अधिकृतद्धय पौडेल र सापकोटाले आफूलाई करोडौं रुपैयाँको घर सम्पत्ति जाने डर देखाएर पिडामाथि पीडा दिएको उनको गुनासो छ।

कर अधिकृतद्धयले आफूसहित तुलसीपुरका अन्य थुप्रै स्थानमा व्यापारीलाई सताएर पैसा असुलेको कुरा आफूले सुनेको पीडित व्यापारीले सुनाए। उनले थपे, ‘उनीहरु २६ लाखसहित पक्राउ परेछन्, तर यिनीहरु त करोड रुपैयाँसहित पक्राउ पर्ने मान्छे हुन्, तुलसीपुरका व्यापारी धेरै आतंकित थिए यिनीहरुबाट, तर नेपालको कानुनको कुनै भरोसा छैन, छुट्ने त होलान् नि ?’ घुस रकमसहित पक्राउ परेका उनीहरुलाई कडा कारबाही गर्नुपर्ने उनको माग छ।

रकमको श्रोत खुलाउन नसकेपछि कर अधिकृत सापकोटालाई जिल्ला प्रहरी कार्यालय बाँकेले आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाएको जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान काठमाडौं जाने क्रममा विमानस्थलको एक्स-रे मेसिनमा झोला चेक गराउँदा मेसिनले श्रोत नखुलेको रकम पत्ता लगाएको थियो। कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन नसके पछी अख्तियारको पैसा जिम्मा लगाइयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]