२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रवासी नेपाली मन्च अमेरिका न्युयोर्क कमिटीद्वारा दरखाने तथा तिज नाजगान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०

(सागर थापा)

काठमाडौं । तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड मध्येको एक हो ।
यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तीज पर्व नजिकिएसँगै दिदी बहिनीहरूले देशविदेशमा कार्यक्रमको आयोजना गर्न सुरु गरिसकेका छन् ।


यसैबिच प्रवासी नेपाली मन्च अमेरिकाको आयोजनामा न्युयोर्कको ज्याक्सन हाईट, डाईभर्सिटी प्रालाजामा आयोजित तिज कार्यक्रममा करिव १५० जना जति न्युयोर्क निवासी महिला दिदीबहिनीहरुको भेला भई हर्सोउल्लासका साथ नाच गान गरी नेपाली परम्परागत तिज पर्व मनाएका छन ।

कार्यक्रममा प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग प्रमुख कुन्ती थापा, राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय सदस्य शोभा पाठक लगायत राष्ट्रिय कमिटी अमेरिकाको अध्यक्ष लगाएत कृष्ण लामिछाने लगाएत राष्ट्रिय कमिटी पद्धाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको अमेरिका बाट शोभा पाठकले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]