०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सरकारले कर्तव्य ज्यान र ठगी मुद्दामा फरार रहेका ३४ जनालाई आम माफी दिने तयारी

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०


(ABC-Sanchar)
काठमाडौं । संविधान दिवसको अवसर पारेर ३४ जनालाई माफीको लागि राष्ट्रपतिकहाँ प्रस्ताव पठाएपछि राष्ट्रपति कार्यालयले उनीहरूलाई माफी मिनाहाको सिफारिसको आधार के हो स्पष्ट लेखेर पठाउन र ३४ जनाकै व्यक्तिगत विवरण माग गर्दै गृहमन्त्रालयमा पत्र पठाएको छ।

गृहमन्त्रालयले कानुनको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरित’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहा दिने गरी राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेको थियो।

पाँच दिन अघि उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको र ती मध्ये अधिकांश ज्यान मुद्दा, कर्तव्य जान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएको व्यक्ति भएको खुलेको छ।

गृहमन्त्रालयले उनीहरुलाई माफी मिनाहा दिन प्रस्ताव गरेपनि उनीहरुको नाम र व्यक्तिगत विवरण केही पनि उल्लेख नगरेपछि सो विवरण माग गर्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयलाई पत्र लेखेको स्रोतले जनाएको छ।

मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह स्राेतले जनाएकाे छ।

संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ। १५९९१० मा भनिएको छ-अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ।”

सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ।

सोही दफाको उपदफा ९२० मा भनिएको छ- ९१० बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्नेछ।

तर मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न गरेको छैन। मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्ने गर्छ। पहिलो कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ।

दोश्रो सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ। अहिले पठाइएका ३४ जना दोश्रो प्रकृतिका हुन्। मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारण पनि खुलाइएको छैन।

कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले भने यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको छ। त्यसमध्ये कसैको ५० प्रतिशत र कसैको ६० प्रतिशत कैद मिनाहा गर्ने प्रस्ताव आएको छ। त्यसबारेमा निर्णय भइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]