२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सल्यानको बबई नदिमा पौडी खेल्न क्रममा डुबेर २ जनाकाे मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ ०६, २०८१

(ABC-Sanchar)
सल्यान । शनिबार कालिमाटी गाउँपालिका वडा नं. ७ सल्यानथरी बस्ने अन्दाजी ३७ वर्षका दिल बहादुर कार्की र साेहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारकाे बबई नदिमा नुहाउन (पौडी खेल्ने) क्रममा डुबेर मृत्यु भएकाे हाे ।

उनिहरु दिउँसाे ४ बजे आ-आफ्नो घरबाट बबइ नदिमा नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी घुईयावारी सल्यानमा खबर गरेका थिए । त्यसपछि प्रहरी र स्थानियहरुले खोजतलास गर्दै जाँदा राती साढे ११ बजे नदिमा फेला पारेर दुबै जनालाई उद्धार गरी औषधी उपचारको लागि भेरी अस्पताल नेपालगंञ्ज पुर्याएका थिए ।

तर अस्पताल पुग्दा डाक्टरले मृत्युको घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । अहिले दुबै जनाकाे शव भेरी अस्पताल नेपालगञ्जको शवगृहमा राखिएकाे प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।